विराटनगर । कुवेतको उत्तरी क्षेत्रमा भएको ड्रोन आक्रमणमा परी तेह्रथुमका सोमकुमार तामाङको मृत्यु भएको छ।
उनी कुवेतमा सवारी चालकका रूपमा कार्यरत थिए।नेपाली राजदूतावासका अनुसार जुलाई ३० मा भएको घटनाबारे कुवेतको परराष्ट्र मन्त्रालयले आधिकारिक जानकारी दिएको हो। दूतावासले पार्थिव शरीर नेपाल पठाउने प्रक्रिया अघि बढाइएको जनाएको छ।
दूतावासले कुवेतमा रहेका नेपाली नागरिकलाई सुरक्षा मापदण्ड पालना गर्दै सतर्क रहन आग्रह गरेको छ।