सीमा विवादबारे प्रधानमन्त्रीको जवाफ माग्दै विपक्षीको संसद् अवरोध जारी

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार १४ साउन, २०८३
२ महिनाअघि

काठमाडौं । सीमा विवादसम्बन्धी प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को अभिव्यक्तिबारे स्पष्ट जवाफ माग्दै विपक्षी दलहरूले प्रतिनिधिसभामा विरोधलाई निरन्तरता दिने भएका छन्। बैठक सुरु भएलगत्तै समय लिएर आफ्ना धारणा राख्ने तयारी विपक्षीको छ।

नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले प्रधानमन्त्रीले दिएको अभिव्यक्तिको तथ्य सार्वजनिक गर्नुपर्ने वा संसदीय रेकर्डबाट हटाउनुपर्ने अडान दोहोर्याएकी छन्। उनका अनुसार संसद् बैठक सुरु हुनेबित्तिकै विपक्षीले यही विषय उठाउनेछ।

Advertisement

प्रधानमन्त्री शाहले जेठ १७ गते प्रतिनिधिसभामा सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा नेपालले पनि केही स्थानमा भारतको भूमि मिचेको जानकारी आफूले प्रधानमन्त्री बनेपछि मात्रै थाहा पाएको बताएका थिए। उक्त अभिव्यक्तिपछि विपक्षी दलहरूले त्यसको आधार र प्रमाण माग्दै लगातार संसद्मा विरोध गर्दै आएका छन्।

विपक्षीको माग छ– यदि प्रधानमन्त्रीसँग त्यसको तथ्य छ भने सार्वजनिक गरियोस्, अन्यथा माफी मागेर उक्त अभिव्यक्ति संसदीय रेकर्डबाट हटाइयोस्।

यस विषयमा संसद्मा विरोध सुरु भएको करिब ६० दिन पुगेको छ। यसबीच सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्रीसँग भेट गरी समसामयिक विषयमा सदनमै आएर स्पष्ट धारणा राख्न सुझाव दिएका थिए। प्रधानमन्त्री शाहले भने त्यसबारे “विचार गर्ने” जवाफ दिएको सभामुखको सचिवालयले जनाएको छ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
पोखराको फिर्केखोला किनारमा फेरि डोजर चलाइयो
बिहिबार १५ असोज, २०८३
संघीय संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य
बिहिबार १५ असोज, २०८३
अब ज्यालादारी र करारमा कर्मचारी नियुक्त गर्न नपाइने
बिहिबार १५ असोज, २०८३
भारतीय राजदूत श्रीवास्तव आजै फर्किँदै
बिहिबार १५ असोज, २०८३
बाढीपहिरोले क्षति पुर्‍याएको बेनी–जोमसोम सडक मर्मत सुरु
बिहिबार १५ असोज, २०८३
सामाजिक सञ्जाल नियमन गर्न छुट्टै कानुन ल्याउँदै सरकार, बालबालिकालाई उमेरगत प्रतिबन्धको तयारी
बुधबार १४ असोज, २०८३
इटहरीमा सीप तथा रोजगार मेला सुरु
बुधबार १४ असोज, २०८३
दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाउ आदेश
बुधबार १४ असोज, २०८३
महासभामा प्रधानमन्त्रीको सम्बोधन विश्वभर चर्चामा आयो : परराष्ट्रमन्त्री खनाल
बुधबार १४ असोज, २०८३
महाकालीको बाढीले दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियो
बुधबार १४ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०