विराटनगर । नेदरल्याण्ड्समा हुने आईसीसी विश्वकप लिग–२ का लागि नेपाली राष्ट्रिय क्रिकेट टोली घोषणा गरिएको छ ।
नेपाल क्रिकेट संघ क्यानले रोहित पौडेलको नेतृत्वमा टोली घोषणा गरेको हो ।
नेपाली टोलीमा दीपेन्द्रसिंह ऐरी , सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, इशान पाण्डे, आरिफ शेख, गुल्सन झा रहेका छन् ।
यस्तै करन केसी, सोमपाल कामी, नन्दन यादव, ललित राजवंशी, भीम शार्की, अर्जुन कुमार र विनोद भण्डारी पनि टीममा समावेश छन् ।
सन्दीप जोरा, हेमन्त धामी, आकाश चन्द र युवराज खत्री रिजर्भमा रहेका छन्