Oplus_131072 विराटनगर । पाकिस्तानले आगामी आर्थिक वर्षका लागि आफ्नो रक्षा बजेट १८ प्रतिशतले बढाएर ३ ट्रिलियन रुपैयाँ पुर्याउने तयारी गरेको छ ।
जुन २०२६ मा संसदसमक्ष प्रस्तुत बजेटको मस्यौदामा यस्तो प्रस्ताव समावेश गरिएको हो ।
पाकिस्तानका अर्थमन्त्री मोहम्मद औरंगजेबले क्षेत्रीय अनिश्चितता र बदलिँदो सुरक्षा चुनौतीका कारण देशलाई थप सुदृढ बनाउन रक्षा बजेट बढाउन लागिएको बताएका छन् ।
नयाँ आर्थिक वर्ष जुलाई १ देखि सुरु हुने भएकाले त्यसअघि नै बजेट पारित गर्ने सरकारको तयारी छ ।
विश्लेषकहरूका अनुसार दक्षिण एसियामा तीव्र गतिमा बदलिँदो सैन्य प्रविधि, सीमा सुरक्षाको दबाब र क्षेत्रीय तनावका कारण पाकिस्तानले रक्षा क्षेत्रमा खर्च बढाउन लागेको हो ।