विराटनगर । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वमन्त्री राजेन्द्र खरेलको ८० वर्षको उमेरमा निधन भएको छ।
दम बढेर बानेश्वरको फ्रन्टलाइन अस्पतालमा उपचाररत खरेलको आइतबार राति पौने १० बजे निधन भएको हो ।
लामो समयदेखि स्वास्थ्य समस्याका कारण उपचाररत रहेका खरेलको निधनसँगै नेपाली कांग्रेसले एक अनुभवी, निष्ठावान र लोकतान्त्रिक आन्दोलनका अग्रणी नेता गुमाएको छ।
वि.सं. २०२५–२०२६ सालतिर नेशनल कलेजमा अध्ययनरत रहँदा उनले नेपाल विद्यार्थी संघको इकाइ गठन गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।