लागूऔषधविरुद्ध झापाको ‘जान–२०८३’ अभियान शुभारम्भ

शब्द एक्स्प्रेस संवाददाता
शनिवार ६ असार, २०८३
२ महिनाअघि

झापा । लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस–२०२६ को अवसरमा झापामा ‘लागूऔषध विरुद्ध झापा अभियान (जान–२०८३)’ औपचारिक रूपमा शुभारम्भ गरिएको छ।

जिल्ला प्रहरी कार्यालय झापाको आयोजना, जिल्ला प्रशासन कार्यालय झापाको संयोजन तथा बिर्तामोड नगरपालिकाको सहकार्यमा आयोजित कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की प्रमुख अतिथि तथा नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्की विशिष्ट अतिथि का रूपमा सहभागी हुनुभएको थियो।

कार्यक्रममा संघीय तथा प्रदेश सरकारका उच्च पदाधिकारी, सुरक्षा निकायका प्रमुख, स्थानीय तहका जनप्रतिनिधि, न्याय क्षेत्र, सञ्चार क्षेत्र, शैक्षिक संस्था, उद्योग वाणिज्य संघ तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

मुख्यमन्त्री कार्कीले पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गर्नुभएको थियो। सो अवसरमा जिल्ला प्रहरी कार्यालय झापाले तयार पारेको लागूऔषध दुर्व्यसनसम्बन्धी सचेतनामूलक श्रव्यदृश्य सामग्री प्रदर्शन गरिएको थियो। कार्यक्रममा जिल्ला प्रहरी कार्यालय झापाकी प्रमुख प्रहरी उपरीक्षक बशुन्धरा खड्काले जिल्लामा लागूऔषधको वर्तमान अवस्था तथा नियन्त्रणका लागि सञ्चालन भइरहेका अभियानबारे प्रस्तुतीकरणसहित स्वागत मन्तव्य राख्नुभएको थियो।

कार्यक्रममा कदम थिएटर दमकका कलाकार, जिल्ला प्रहरी कार्यालय झापा तथा विपद् व्यवस्थापन गुल्म झापाका प्रहरी कर्मचारीद्वारा लागूऔषधविरुद्ध सन्देशमूलक नाटक तथा सांगीतिक प्रस्तुति प्रस्तुत गरिएको थियो। साथै जान–२०८३ अभियानका लागि तयार गरिएको पोस्टर र फुटबल जर्सीको अनावरण समेत गरिएको थियो।

विद्यार्थी प्रतिनिधि आविष्कार राउत, झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा देवी महतरा, प्रहरी महानिरीक्षक दानबहादुर कार्की तथा मुख्यमन्त्री हिक्मतकुमार कार्की ले लागूऔषध नियन्त्रणका लागि सामूहिक प्रयास आवश्यक रहेको बताउँदै समाजका सबै क्षेत्रको सक्रिय सहभागितामा मात्र यो चुनौतीको सामना गर्न सकिने धारणा व्यक्त गर्नुभयो।

कार्यक्रममा राष्ट्रिय सेवा दल (एनसीसी) का क्याडेटहरूद्वारा सांगीतिक प्रस्तुति समेत प्रस्तुत गरिएको थियो। समापन समारोहमा प्रमुख अतिथि तथा विशिष्ट अतिथिहरूलाई मायाको चिनो प्रदान गरिएको थियो भने कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेले धन्यवाद ज्ञापन गर्नुभएको थियो।

कार्यक्रमपछि सहभागीहरूले लागूऔषधविरुद्धको सामूहिक प्रतिबद्धता हस्ताक्षर अभियान, जनचेतनामूलक फोटोबुथ तथा सामूहिक तस्बिर कार्यक्रममा सहभागिता जनाएका थिए।

“लागूऔषध त्यागौँ, स्वस्थ र सुरक्षित समाज निर्माण गरौँ” भन्ने मूल नारासहित सञ्चालन गरिएको जान–२०८३ अभियान लाई समुदाय, विद्यालय, स्थानीय तह तथा सुरक्षा निकायबीचको समन्वयमा प्रभावकारी रूपमा अघि बढाइने आयोजकले जनाएको छ। लागूऔषधमुक्त, सुरक्षित र सचेत समाज निर्माणमा अभियानले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ।

प्रकाशित समय: शनिवार ६ असार, २०८३, १८:१२:३०
आजदेखि देशभर म्यानपावर कम्पनी बन्द
सोमबार १ भदौ, २०८३
भारतीय स्थलसेनाध्यक्ष जनरल धीरज सेठ आज नेपाल आउँदै
आईतबार ३१ साउन, २०८३
सुदूरपश्चिममा एमालेका तीन मन्त्री र एक राज्यमन्त्रीले शपथ लिए
शुक्रबार २९ साउन, २०८३
सुदूरपश्चिममा खगराज भट्ट मुख्यमन्त्री नियुक्त
शुक्रबार २९ साउन, २०८३
धवलशमशेरसँग कुरा नमिलेपछि दुर्गा प्रसाईंले छुट्टै पार्टी खोल्ने
शुक्रबार २९ साउन, २०८३
पत्रकार किशोर श्रेष्ठलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति
बिहिबार २८ साउन, २०८३
विराटनगरका ७ आँखा अस्पतालमा मोरङ प्रशासनको तालाबन्दी 
बिहिबार २८ साउन, २०८३
बुढीगङ्गामा सप्ताहव्यापी अन्तर्राष्ट्रिय युवा दिवस, युवा संवाददेखि रक्तदानसम्मका कार्यक्रम
बिहिबार २८ साउन, २०८३
साढे ५ महिनापछि स्वदेश फर्किए देउवा
बिहिबार २८ साउन, २०८३
पत्रकार किशोर श्रेष्ठ पक्राउ परेको घटनाप्रति राप्रपाको आपत्ति, तत्काल रिहाइको माग
बिहिबार २८ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०