विराटनगर । प्रतिनिधिसभा बैठक ६ दिनका लागि स्थगित भएको छ । शुक्रबार सभामुख डीपी अर्यालले बैठक असार ११ गतेसम्मका लागि स्थगित गरिएको जानकारी गराए ।
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन यही असार ७ गतेदेखि चितवनमा हुँदैछ ।
पार्टीका सांसद्हरू महाधिवेशनमा सहभागी हुने भएकाले प्रतिनिधिसभा बैठक ६ दिनसम्मका लागि स्थगित गरिएको हो ।