रोनाल्डोलाई पछि पार्दै मेसी बने अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक ह्याट्रिककर्ता

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार ४ असार, २०८३
२ महिनाअघि

विराटनगर । अर्जेन्टिनी फुटबल स्टार लियोनेल मेसी अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक ह्याट्रिक गर्ने खेलाडी बनेका छन्।

फुटबल तथ्याङ्कसम्बन्धी संस्था ट्रान्सफरमार्केटले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार मेसीले आफ्ना चिरपरिचित प्रतिद्वन्द्वी क्रिस्टियानो रोनाल्डोलाई पछि पार्दै यो कीर्तिमान कायम गरेका हुन्।

मेसीले २०० अन्तर्राष्ट्रिय खेलमा ११ ह्याट्रिक पूरा गरेका छन्। यता, पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो २२८ खेलमा १० ह्याट्रिकसहित दोस्रो स्थानमा रहेका छन्।

सर्वाधिक अन्तर्राष्ट्रिय ह्याट्रिक गर्ने खेलाडीहरूको सूचीमा संयुक्त अरब इमिरेट्सका अली मबखौत १०५ खेलमा ९ ह्याट्रिकसहित तेस्रो स्थानमा छन्।

नर्वेका युवा स्ट्राइकर अर्लिङ हालान्डले ५१ खेलमै ६ ह्याट्रिक गर्दै चौथो स्थान ओगटेका छन्। खेल सङ्ख्याको तुलनामा हालान्डको प्रदर्शन निकै प्रभावशाली मानिएको छ।

हङकङका चान सिउ कीले ६१ खेलमा ६ ह्याट्रिक तथा पोल्याण्डका रोबर्ट लेवान्डोस्कीले १६७ खेलमा ६ ह्याट्रिक गर्दै क्रमशः पाँचौँ र छैटौँ स्थानमा रहेका छन्।

त्यस्तै, माल्दिभ्सका अली अश्फाकले ७० खेलमा ५ ह्याट्रिक र इङ्गल्याण्डका कप्तान ह्यारी केनले ११४ खेलमा ५ ह्याट्रिक गर्दै शीर्ष आठभित्र स्थान बनाएका छन्।

४-४ वटा अन्तर्राष्ट्रिय ह्याट्रिक गर्ने खेलाडीहरूको सूचीमा ताहितीका तेहाउ, चीनका याङ, फिजीका रोय कृष्णा, इजरायलका एरान जाहाभी, हैटीका डकन्स नाजोन, यूएईका अहमद खलिल तथा न्युजिल्याण्डका क्रिस वुड रहेका छन्।

प्रकाशित समय: बिहिबार ४ असार, २०८३, १२:०६:४६
कप्तान ऐरी आइसिसी वरीयताको तेस्रो स्थानमा
शुक्रबार ५ भदौ, २०८३
नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त
शुक्रबार ५ भदौ, २०८३
इरान युद्धपछि खाडी क्षेत्रमा अमेरिकी सैन्य उपस्थितिमाथि पेन्टागनको पुनर्विचार
बिहिबार ४ भदौ, २०८३
दुहबी–१२ मा ५ करोडको सडक योजना, बुगडरीदेखि बर्जु सीमासम्म  कालोपत्रे गरिने
बिहिबार ४ भदौ, २०८३
कोशीमा कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लियो
बुधबार ३ भदौ, २०८३
सांसद–मन्त्रीबीच दूरी बढेपछि रवि लामिछानेले बोलाए छलफल
बुधबार ३ भदौ, २०८३
आजदेखि देशभर म्यानपावर कम्पनी बन्द
सोमबार १ भदौ, २०८३
भारतीय स्थलसेनाध्यक्ष जनरल धीरज सेठ आज नेपाल आउँदै
आईतबार ३१ साउन, २०८३
सुदूरपश्चिममा एमालेका तीन मन्त्री र एक राज्यमन्त्रीले शपथ लिए
शुक्रबार २९ साउन, २०८३
सुदूरपश्चिममा खगराज भट्ट मुख्यमन्त्री नियुक्त
शुक्रबार २९ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०