काठमाडौं । स्थानीय बजारमा बिहीबार सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसाय महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला १०० रुपैयाँ र चाँदीको मूल्य ३५ रुपैयाँले घटेको हो।
महासङ्घका अनुसार छापावाल सुन प्रतितोला २ लाख ९७ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदी प्रतितोला ४ हजार ९४५ रुपैयाँमा किनबेच भइरहेको छ।
बुधबार सुन प्रतितोला २ लाख ९७ हजार ३०० रुपैयाँ र चाँदी प्रतितोला ४ हजार ९८० रुपैयाँमा कारोबार भएको थियो। अन्तर्राष्ट्रिय बजारमा हुने मूल्य उतारचढावको प्रभाव स्थानीय बजारमा समेत परेको व्यवसायीहरूले बताएका छन्।