विराटनगर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीचको सम्झौतामा हस्ताक्षर प्रक्रिया सम्पन्न भएको बताएका छन्।
फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनसँग भएको भेटका क्रममा ट्रम्पले सम्झौता पूर्ण रूपमा सम्पन्न भइसकेको जानकारी दिएका हुन् ।
यो ऐतिहासिक सम्झौताको औपचारिक हस्ताक्षर समारोह भने यसै हप्ताको अन्त्यमा जेनेभामा आयोजना हुने तय भएको छ ।