विराटनगर । कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि बजेट प्रस्तुत गर्न सुरु गरेको छ।
आर्थिक मामिला तथा योजना मन्त्री विदुरकुमार लिङ्थेपले प्रदेशसभामा आगामी आर्थिक वर्षको आय–व्यय विवरण पेश गरिरहेका छन्।
मन्त्री लिङ्थेप परम्परागत ब्रिफकेसको सट्टा स्थानीय पहिचान झल्किने ढाकाको झोलामा बजेट वक्तव्य बोकेर प्रदेशसभा सचिवालय पुगेका थिए।
बजेट प्रस्तुत गर्दै उनले संघीय अनुदान बढ्ने अनुमान गरिएकाले आर्थिक वर्षका लागि प्रदेशको बजेटको आकार अघिल्लो वर्षको तुलनामा बढ्ने बताए।