विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद् आशिका तामाङले नेपाल-भारत सीमामा पर्खाल वा काँडेतार लगाउनुपर्ने माग गरेकी छन् ।
आज बसेको प्रतिनिधिसभाको बैठकमा उनले आवश्यक परे दुई देशको सहमतिमा सीमावर्ती क्षेत्रमा पर्खाल वा काँडेतार लगाउनुपर्ने बताइन् ।
उनले भनिन्,‘सरकारले सीमा सम्बन्धित सबै विषयको साँचो तथ्य छानबिन गरी आवश्यक कूटनीतिक पहल गरी अघि बढाओस् भन्ने मेरो आग्रह छ । आवश्यक परे दुई देशको सहमतिमा सीमावर्ती क्षेत्रमा पर्खाल लगाउनु परे पर्खाल, नत्र भने काँडेतार लगाइयोस् ।’
उनले सुस्तादेखि कालापानी, लिपुलेक र लिम्पियाधुराको विषय संवेदनशील भएको भन्दै सरकारको ध्यानाकर्षण गराइन् ।