नेपाल–भारत सम्बन्ध ‘सिसिफसको कथा’ जस्तै दोहोरिन अभिशप्त छ : बाबुराम भट्टराई

शब्द एक्स्प्रेस संवाददाता
बुधबार २० जेठ, २०८३
३ घण्टाअघि

काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले नेपाल–भारत सम्बन्ध लामो समयदेखि ग्रिस मिथकको ‘सिसिफसको कथा’ जस्तै दोहोरिन अभिशप्त भइरहेको टिप्पणी गरेका छन्।

भारत भ्रमणमा रहेका रवि लामिछानेको लेख भारतीय दैनिक द हिन्दुस्तान टाइम्समा प्रकाशित भएपछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै भट्टराईले यस्तो धारणा व्यक्त गरेका हुन्।

भट्टराईले लामिछानेको लेखले नेपाल र भारत दुवैतर्फ बहस र तरंग सिर्जना गरेको उल्लेख गर्दै नेपाल–भारत सम्बन्धमा बाहिर नदेखिने तर भित्रभित्रै बल्झिरहने सामरिक सुरक्षा र राष्ट्रिय सार्वभौमसत्तासम्बन्धी गम्भीर प्रश्न रहेको बताएका छन्।

उनले नेपाल–भारत सम्बन्धमा विकास साझेदारी, आर्थिक सहकार्य तथा साझा सभ्यता र संस्कृतिका विषय उठाउँदा दुवै देशमा सकारात्मक प्रतिक्रिया आउने गरेको स्मरण गरेका छन्। आफ्नो प्रधानमन्त्रीकालमा बिप्पा सम्झौता गर्दा पनि विकासका सम्भावनाबारे दुवैतर्फ उत्साह देखिएको उनले उल्लेख गरेका छन्।

तर, कूटनीतिक सम्बन्धको अर्को गम्भीर पाटो पनि रहेको भन्दै उनले दुवै पक्षका जिम्मेवार व्यक्तिहरू खुला रूपमा नबोले पनि भित्री रूपमा असहजता र अविश्वास कायम रहेको बताएका छन्।

भट्टराईका अनुसार भारतीय रणनीतिक सोचमा अंग्रेजी शासनकालदेखि नै ‘सुरक्षाको मामिलामा हिमालको सेरोफेरो सबै मेरो’ भन्ने धारणा प्रभावशाली रहँदै आएको छ, जसको अभिव्यक्ति सीमा विवादलगायत विषयमा देखिने गरेको छ। अर्कोतर्फ नेपाली समाजमा राष्ट्रिय सार्वभौमसत्तासम्बन्धी चिन्ता र ‘सिक्किमीकरण’को त्रास गहिरो रूपमा रहेको उनको विश्लेषण छ।

यही मनोवैज्ञानिक दूरी र कूटनीतिक गाँठो समाधान गर्न आफू प्रधानमन्त्री हुँदा प्रबुद्ध व्यक्ति समूह (ईपीजी)को अवधारणा अघि सारेको उनले बताएका छन्। तर पछि गठित ईपीजीको प्रतिवेदन अहिलेसम्म कार्यान्वयन हुन नसकेको भन्दै उनले असन्तुष्टि व्यक्त गरेका छन्।

भट्टराईले रवि लामिछानेको दिल्ली भ्रमणले नेपाल–भारत सम्बन्धमा देखिएको कूटनीतिक दुष्चक्र तोड्न योगदान पुर्‍याओस् भन्ने शुभेच्छा व्यक्त गरेका छन्। साथै, वर्तमान समयमा काठमाडौं र दिल्ली दुवैतर्फ सुनिएका राजनीतिक तथा कूटनीतिक तनावका संकेतहरू आफूलाई रुचिकर नलागेको पनि उल्लेख गरेका छन्।

प्रकाशित समय: बुधबार २० जेठ, २०८३, ०८:४९:३५
रवि लामिछाने र भारतीय प्रधानमन्त्रीबीच भेटवार्ता हुँदै
बुधबार २० जेठ, २०८३
नेपाल–भारत सम्बन्ध ‘सिसिफसको कथा’ जस्तै दोहोरिन अभिशप्त छ : बाबुराम भट्टराई
बुधबार २० जेठ, २०८३
एसीसी महिला प्रिमियर कप : कतारले नेपाललाई दियो ७७ रनको लक्ष्य
बुधबार २० जेठ, २०८३
भारत भ्रमणमा रहेका रवि लामिछानेले गरे विदेशमन्त्री एस जयशंकरसँग भेट
मङ्गलबार १९ जेठ, २०८३
रवि लामिछाने र भारतीय गृहमन्त्री शाहबीच भेटवार्ता हुने
मङ्गलबार १९ जेठ, २०८३
स्थानीय निर्वाचनको तयारीमा एमाले : मोरङका १७ वटै पालिकामा शीर्ष नेताको ‘फिल्ड कमाण्ड’
मङ्गलबार १९ जेठ, २०८३
मन्त्रिपरिषद्का चार निर्णय सार्वजनिक
मङ्गलबार १९ जेठ, २०८३
रास्वपा निर्वाचन विभाग प्रमुखमा केसी
मङ्गलबार १९ जेठ, २०८३
माल्दिभ्समा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाइने
मङ्गलबार १९ जेठ, २०८३
‘हर्कजस्ता अर्गानिक नेतालाई प्रधानमन्त्री बनाउनुपर्छ, हाइब्रिड नेताले देशलाई सुख दिएनन्’
मङ्गलबार १९ जेठ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०