विराटनगर ।राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद् ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री बालेन शाहको विवादित अभिव्यक्ति रेकर्डबाट हटाउन माग गरेका छन्।
साेमबार बसेकाे प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रधानमन्त्रीले नेपालले भारतको भूमि मिचेको तथ्य पेश गर्न चुनौती दिए।
उनले भने, ‘ प्रधानमन्त्री ज्युले जब कुनै दाबी गर्नुहुन्छ, त्यसलाई देशले सरकारी धारणा ठान्छ। अन्तर्राष्ट्रिय समुदायले नेपालको आधिकारिक दृष्टिकोणको रूपमा लिन्छ। र जनताले त्यसलाई सत्यका रूपमा ग्रहण गर्छन्। त्यसैले प्रधानमन्त्रीका अभिव्यक्तिहरू तथ्य, प्रमाण र यथार्थमा आधारित हुनुपर्छ।’