टिकटकर तुलसा अधिकारी थाइल्यान्डबाट पक्राउ

शब्द एक्स्प्रेस संवाददाता
आईतबार १७ जेठ, २०८३
३ घण्टाअघि

काठमाडौं । सामाजिक सञ्जाल टिकटकमार्फत चर्चामा आएकी तुलसा अधिकारी (तुलसी अधिकारी) पक्राउ परेकी छन्। उनीविरुद्ध जारी गरिएको इन्टरपोलको रेड कर्नर नोटिसका आधारमा थाइल्यान्डमा पक्राउ परेकी हुन्।

प्रहरीका अनुसार पक्राउपछि उनलाई नेपाल ल्याइएको छ र हाल जिल्ला प्रहरी परिसर ललितपुर को हिरासतमा राखिएको छ। जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्र ले तुलसा अधिकारीलाई हिरासतमा राखिएको पुष्टि गरेका छन्।
प्रहरीका अनुसार पछिल्लो समय अधिकारी चाइनामा बस्दै आएकी थिइन्। त्यहाँबाट उनी थाइल्यान्ड पुगेपछि इन्टरपोलको समन्वयमा पक्राउ गरिएको हो।
उनीविरुद्ध यसअघि नै मुद्दा दर्ता भइसकेको प्रहरीले जनाएको छ। पक्राउपछि आवश्यक कानुनी प्रक्रिया अघि बढाउन सोमबार जिल्ला अदालत ललितपुरमा उपस्थित गराउने तयारी गरिएको छ।
यसअघि सातदोबाटोस्थित अटोमोबाइल व्यवसायी कुमार चिमोरियाले अधिकारीविरुद्ध प्रहरीमा जाहेरी दिएका थिए। त्यसपछि उनी सम्पर्कविहीन बनेकी थिइन् र फरार सूचीमा रहेकी थिइन्। प्रहरीको अनुरोधमा इन्टरपोलमार्फत रेड कर्नर नोटिस जारी भएपछि उनको खोजी अन्तर्राष्ट्रिय स्तरमा भइरहेको थियो।
थाइल्यान्डबाट पक्राउ परेपछि अब उनीमाथि दर्ता भएका मुद्दाको कानुनी प्रक्रिया नेपालमै अघि बढ्ने प्रहरीले जनाएको छ।

प्रकाशित समय: आईतबार १७ जेठ, २०८३, ०९:२९:४६
एकैदिन साढे २० हजार बढ्यो सुनको मूल्य
आईतबार १७ जेठ, २०८३
टिकटकर तुलसा अधिकारी थाइल्यान्डबाट पक्राउ
आईतबार १७ जेठ, २०८३
बजेट ‘जहाँ भोट, त्यहीँ बजेट’को नीति अनुसार आएको कांग्रेसको आरोप
शनिवार १६ जेठ, २०८३
निजामती पार्कमा प्रथम मुख्यसचिव चन्द्रबहादुर थापाको सालिक अनावरण
शनिवार १६ जेठ, २०८३
एसियन गेम्स छनोट: सेमिफाइनलमा मलेसिया सामु नेपालको १२७ रनको लक्ष्य
शनिवार १६ जेठ, २०८३
५० युनिटभन्दा बढी विद्युत खपतमा ५% भ्याट लगाउने निर्णय फिर्ता लिन कुलमान घिसिङको माग
शनिवार १६ जेठ, २०८३
महिला अधिकार कार्यान्वयनमा सरकार प्रतिबद्ध : प्रधानमन्त्री बालेन्द्र शाह
शनिवार १६ जेठ, २०८३
राजनीतिक दललाई अनुदान दिने सरकारको घोषणा
शुक्रबार १५ जेठ, २०८३
नेपालमै थप २५ प्रकारका औषधि उत्पादन गरिने
शुक्रबार १५ जेठ, २०८३
नेपाललाई ‘ग्रे’ लिस्टबाट हटाउने घोषणा
शुक्रबार १५ जेठ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०