विराटनगर । उज्यालो नेपाल पार्टी र हाम्रो पार्टी नेपाल बीच एकता भएको छ।
शुक्रबार त्रिपुरेश्वरस्थित उज्यालो नेपाल पार्टीको केन्द्रीय कार्यालयमा भएको कार्यक्रममा दुवै पक्षबीच सातबुँदे सहमति पत्रमा हस्ताक्षर गरिएको हो।
सहमति पत्रमा जनआन्दोलनको मर्म, सामाजिक न्याय, समावेशिता र समानुपातिक प्रतिनिधित्वलाई साझा राजनीतिक एजेण्डाका रूपमा अघि बढाउने उल्लेख गरिएको छ। साथै भ्रष्टाचार र कुशासनविरुद्ध संयुक्त रूपमा संघर्ष गर्ने प्रतिबद्धता जनाइएको छ।
त्यस्तै, दलित समुदायमाथि हुने जातीय विभेद, छुवाछूत र बहिष्करण अन्त्यका लागि नीतिगत तथा व्यवहारिक पहल गर्ने तथा राज्यका निकाय र पार्टी संगठनमा जनसंख्याको अनुपातमा प्रतिनिधित्व सुनिश्चित गर्ने सहमति पनि गरिएको छ।