प्रतिवेदन तीन महिनाभित्र कार्यान्वयन हुनुपर्छ : मानव अधिकार आयोग

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार १४ जेठ, २०८३
३ महिनाअघि

विराटनगर । राष्ट्रिय मानव अधिकार आयोगले सरकारलाई बुझाएको आफ्नो प्रतिवेदन तीन महिनाभित्र कार्यान्वयन गर्नुपर्ने जनाएको छ।

आयोगले बुधबार सार्वजनिक गरेको प्रतिवेदनमा जेनजी आन्दोलनका क्रममा भदौ २३ गते र २४ गते भएको विध्वंससम्बन्धी घटनामा संलग्न व्यक्तिहरूको पहिचान गरी अनुसन्धान तथा कारबाहीका लागि सिफारिस गरिएको छ।

प्रतिवेदनअनुसार तत्कालीन उच्च पदस्थ राजनीतिक नेतृत्व तथा सरकारी अधिकारीहरूमाथि अनुसन्धान गर्नुपर्ने सुझाव दिइएको छ।

पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा ओली र सुशीला कार्की, साथै तत्कालीन गृहमन्त्रीहरू रमेश लेखक, ओम प्रकाश अर्याल र सुधन गुरुङ माथि अनुसन्धान गर्न सिफारिस गरिएको उल्लेख छ।

त्यस्तै, प्रतिवेदनमा केही राजनीतिक दलका सांसदहरू समेत घटनामा संलग्न भएको दाबी गर्दै अनुसन्धान र आवश्यक कानुनी कारबाही अघि बढाउन सुझाव दिइएको बताइएको छ।

आयोगका सहायक प्रवक्ता श्यामबाबु काफ्लेका अनुसार, संवैधानिक प्रावधानअनुसार सरकार प्रतिवेदन कार्यान्वयन गर्न बाध्य छ र तोकिएको समयसीमाभित्र कार्यान्वयन हुनुपर्ने व्यवस्था रहेको छ।

यो प्रतिवेदन सार्वजनिक भएसँगै यसको कार्यान्वयन प्रक्रिया र सरकारको आगामी कदमबारे सर्वत्र चासो बढेको छ।

प्रकाशित समय: बिहिबार १४ जेठ, २०८३, १४:३६:४६
कप्तान ऐरी आइसिसी वरीयताको तेस्रो स्थानमा
शुक्रबार ५ भदौ, २०८३
नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त
शुक्रबार ५ भदौ, २०८३
इरान युद्धपछि खाडी क्षेत्रमा अमेरिकी सैन्य उपस्थितिमाथि पेन्टागनको पुनर्विचार
बिहिबार ४ भदौ, २०८३
दुहबी–१२ मा ५ करोडको सडक योजना, बुगडरीदेखि बर्जु सीमासम्म  कालोपत्रे गरिने
बिहिबार ४ भदौ, २०८३
कोशीमा कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लियो
बुधबार ३ भदौ, २०८३
सांसद–मन्त्रीबीच दूरी बढेपछि रवि लामिछानेले बोलाए छलफल
बुधबार ३ भदौ, २०८३
आजदेखि देशभर म्यानपावर कम्पनी बन्द
सोमबार १ भदौ, २०८३
भारतीय स्थलसेनाध्यक्ष जनरल धीरज सेठ आज नेपाल आउँदै
आईतबार ३१ साउन, २०८३
सुदूरपश्चिममा एमालेका तीन मन्त्री र एक राज्यमन्त्रीले शपथ लिए
शुक्रबार २९ साउन, २०८३
सुदूरपश्चिममा खगराज भट्ट मुख्यमन्त्री नियुक्त
शुक्रबार २९ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०