विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी सांसद् निशा डाँगीले सभामुख र सांसदहरु बस्ने कुर्सी कुन देशबाट आयात गरेको काठबाट बनेको हो भनेर प्रश्न गरेकी छन् ।
आजको प्रतिनिधिसभा बैठकमा उनले अघिल्लो कार्यकालदेखि नै आफूले यो प्रश्नको उत्तर खोजिरहेको जानकारी गराउँदै प्रश्न गरिन् ।
उनले भनिन्‘दुई-तीन पछि हामी नयाँ संसद जाँदैछौं र उक्त सदनमा सम्माननीय सभामुख र हामी सांसद्हरु बस्ने कुर्सी कुन देशबाट ल्याइएको काठबाट बनेको हो?’