विराटनगर । प्रतिनिधिसभा निर्वाचनअघि राष्ट्रिय स्वतन्त्र पार्टी छोडेर नेपाली कांग्रेस प्रवेश गरेका दुई नेतृलाई कांग्रेसले जिम्मेवारी दिएको छ।
ममता शर्मालाई कांग्रेस केन्द्रीय सदस्य तथा उर्मिला भुर्तेललाई नेपाल महिला संघको केन्द्रीय सदस्यमा मनोनीत गरिएको हो।
कांग्रेस सभापति गगन थापाले शर्मालाई केन्द्रीय सदस्य मनोनीत गरेका हुन् भने महिला संघकी अध्यक्ष मिनाकुमारी खरेलले भुर्तेललाई केन्द्रीय सदस्यमा नियुक्त गरेकी हुन्।
शर्मा रास्वपाकी मधेस प्रदेश संस्थापक अध्यक्ष थिइन् भने भुर्तेल रास्वपाकी संस्थापक सदस्य तथा २०७९ को प्रतिनिधिसभा निर्वाचनमा मधेस प्रदेशबाट प्रत्यक्षतर्फ उम्मेदवार बनेकी थिइन्।