विराटनगर । श्रम संस्कृति पार्टीले आफ्ना सबै कार्यक्रमका ब्यानर र प्रचार सामग्रीमा अध्यक्ष हर्क साम्पाङको तस्वीर अनिवार्य रूपमा प्रयोग गर्न निर्देशन दिएको छ ।
कोशी प्रदेशका अध्यक्ष प्रताप राई र सचिव दिपक तिमिल्सिनाले पत्र लेख्दै मातहतका कमिटीलाई यस्तो निर्देशन दिएका हुन् ।
बक्तव्यमा लेखिएको छ,‘श्रम संस्कृति पार्टी कोशी प्रदेश मातहतमा रहेका जिल्ला, महानगरपालिका, उपमहानगरपालिका, पालिका, वडा, टोलभित्र गरिने कार्यक्रमको ब्यान तथा प्रचार प्रसार सामाग्रीहरुमा श्रद्धेय श्रम पिता अध्यक्ष हर्क साम्पाङज्यूको तस्वीर अनिवार्य रूपमा प्रयोग गर्नु, गराउनुपर्ने ।’