विराटनगर । नेकपा एमालेकी सांसद् यशोदाकुमारी बरालले प्रधानमन्त्रीलाई सदनमा उपस्थित गराइदिन सभामुख डोलप्रसाद अर्यालसँग माग गरेकी छन्।
मंगलबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले प्रधानमन्त्रीलाई सदनमा उपस्थित गराइदिन सभामुखसमक्ष आग्रह गरेकी हुन्।
‘नेपाली जनताले प्रधानमन्त्री सम्मानित सदनमा किन नआउनुभएको मलाई सोधिदिनु भन्नु भएको छ’ उनले भनिन्, सम्माननीय सभामुखज्यू उहाँलाई उपस्थित हुन र हाजिर गराइदिनुहुन आग्रह गर्दछु।’