ग्यालेक्सी फोके टिभीका सामान १५ दिनभित्र लैजान सूचना

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार १२ जेठ, २०८३
३ घण्टाअघि

विराटनगर । काठमाडौं महानगरपालिकाले गोरखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित ग्यालेक्सी फोरके टेलिभिजनलाई कार्यालयमा रहेका सम्पूर्ण सामान १५ दिनभित्र हटाउन अन्तिम सूचना जारी गरेको छ।

महानगरपालिका वडा नं. ३ का मृगेन्द्रप्रसाद मिश्र र गोरखा मिडिया नेटवर्कका अध्यक्ष जीतेन्द्रबाबु राईबीच चलेको भाडा असुल उपर गरी घरजग्गा खाली गराइपाऊँ मुद्दामा महानगरको न्यायिक समितिले २०८१ कात्तिक १४ गते घरधनीको पक्षमा फैसला गरेको थियो।

फैसलाअनुसार गोरखा मिडिया नेटवर्कबाट बाँकी घरबहाल रकम तथा बहाल कर असुल गरी घरजग्गा खाली गराउन आदेश दिइएको थियो। तर निर्णय कार्यान्वयन नभएपछि उच्च अदालत पाटनले २०८२ साउन २८ गते दुई महिनाभित्र फैसला कार्यान्वयन गर्न महानगरपालिकाका नाममा परमादेश जारी गरेको थियो।

अदालतको आदेशपछि २०८२ कात्तिक १४ गते महानगरपालिकाको टोलीले घरजग्गा खाली गराउने प्रक्रिया अघि बढाएको थियो। तर फैसला कार्यान्वयन भएको ६ महिनाभन्दा बढी समय बितिसक्दा पनि कार्यालयका सामान नहटाइएपछि घरधनी मिश्रले २०८३ वैशाख २१ गते ती सामान लिलाम गरिपाऊँ भन्दै महानगरमा निवेदन दिएका थिए।

उक्त निवेदनका आधारमा महानगरपालिकाले १५ दिने म्याद दिँदै अन्तिम अवसर प्रदान गरेको हो। तोकिएको अवधिभित्र बाँकी बहाल रकम नबुझाई सामान नलगिए महानगरको न्यायिक समितिको कार्यविधिअनुसार सामान लिलाम गरिने चेतावनीसमेत दिइएको छ।

ग्यालेक्सी फोरके टेलिभिजन राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नेतृत्व तथा जीबी राईलगायतको लगानीमा सञ्चालनमा आएको थियो। लामिछाने राजनीतिमा प्रवेश गरेपछि उक्त टेलिभिजन प्रसारण बन्द भएको थियो।

प्रकाशित समय: मङ्गलबार १२ जेठ, २०८३, १२:१२:२३
प्रधानमन्त्रीले एकसाथ भेटे ईयूका कूटनीतिज्ञलाई
मङ्गलबार १२ जेठ, २०८३
दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न अदालतको आदेश
मङ्गलबार १२ जेठ, २०८३
मनसुन प्रतिकार्यमा २६ हजार सुरक्षाकर्मी परिचालन गरिने
मङ्गलबार १२ जेठ, २०८३
पार्टी कार्यक्रममा हर्क साम्पाङको तस्वीर अनिवार्य प्रयोग गर्न निर्देशन
मङ्गलबार १२ जेठ, २०८३
काठमाडौंमा बर्ड फ्लु पुष्टि, उच्च सतर्कता अपनाउन अपिल
मङ्गलबार १२ जेठ, २०८३
सम्माननीय सभामुखज्यू, प्रधानमन्त्रीज्यूलाई हाजिर गराइदिनुस् : सांसद् बराल
मङ्गलबार १२ जेठ, २०८३
सांसद् राईको प्रश्न,जीवी राई कहिले पक्राउ पर्छन् ?
मङ्गलबार १२ जेठ, २०८३
त्रिभुवन विमानस्थलका सबै पसलमा नेपाली उत्पादन अनिवार्य गर्न सांसद् श्रेष्ठको माग
मङ्गलबार १२ जेठ, २०८३
काठमाडौँबाट २८ हजार भन्दा बढी अवैध भेपसहित एक जना पक्राउ
मङ्गलबार १२ जेठ, २०८३
ग्यालेक्सी फोके टिभीका सामान १५ दिनभित्र लैजान सूचना
मङ्गलबार १२ जेठ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०