भूमि मन्त्रालयअन्तर्गत १३ अर्बभन्दा बढी बेरुजु, फर्छ्यौट सुस्त

शब्द एक्स्प्रेस संवाददाता
सोमबार ११ जेठ, २०८३
३ घण्टाअघि

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गत भूमितर्फको कुल बेरुजु १३ अर्ब २४ करोड ७० लाख रुपैयाँ पुगेको छ। यो तथ्याङ्क मन्त्रालयका सचिव मदन भुजेलले सार्वजनिक लेखा समितिको बैठकमा प्रस्तुत गरेका हुन्।

उनका अनुसार हालसम्म बेरुजु फर्छ्यौटको प्रगति अत्यन्तै न्यून रहेको छ। चालु आर्थिक वर्षमा मात्र ३६ करोड १५ लाख ६० हजार रुपैयाँ बेरुजु फर्छ्यौट भएको छ, जुन कुल बेरुजुको २.७३ प्रतिशत मात्र हो।

कुल बेरुजुमध्ये ७ अर्ब १२ करोड रुपैयाँ नियमित गर्नुपर्ने, ६ अर्ब ३ करोड रुपैयाँ असुलउपर गर्नुपर्ने र १२ करोड ५६ लाख रुपैयाँ पेश्की रकम रहेको छ।

सचिव भुजेलका अनुसार मन्त्रालयअन्तर्गतका निकायमध्ये अधिकांश बेरुजु भूमि व्यवस्थापन तथा अभिलेख विभाग र त्यसअन्तर्गतका कार्यालयहरूमा केन्द्रित छ, जुन कुल बेरुजुको करिब ९९ प्रतिशत हो।

विशेषगरी चाबहिल, डिल्लीबजार, कलंकी, ललितपुर, भक्तपुर, महोत्तरी, चितवन, बेलबारी, विराटनगर, पर्सा, सिरहा र बारा जस्ता मालपोत कार्यालयहरूमा बेरुजु उच्च देखिएको छ।

सचिव भुजेलका अनुसार बेरुजु मुख्यतः खर्चभन्दा पनि राजस्व असुलीसँग सम्बन्धित छ। वार्षिक करिब ५० अर्ब रुपैयाँ राजस्व संकलन गर्ने मन्त्रालयमा आयकर असुली, पूँजीगत लाभकर, मोही बाँडफाँट तथा रियलस्टेट कारोबारको परिभाषासम्बन्धी अस्पष्टताले समस्या सिर्जना गरेको उनले बताए।

उनले केही कानुनी प्रावधान व्यवहारिक नभएको भन्दै सार्वजनिक लेखा समितिमा गम्भीर छलफल आवश्यक रहेको धारणा राखे।

यसैबीच, काठमाडौंको धोबीखोला करिडोर क्षेत्रमा सार्वजनिक जग्गा अतिक्रमणसँग सम्बन्धित मात्र १ अर्ब ९७ करोड रुपैयाँ बेरुजु देखिएको छ। सचिव भुजेलका अनुसार यस्तो जटिल प्रकृतिका मुद्दाले बेरुजु फर्छ्यौट प्रक्रिया अझै सुस्त बनाइरहेको छ।

प्रकाशित समय: सोमबार ११ जेठ, २०८३, १३:४७:१०

सम्बन्धित खबर

न्यायाधीशको सम्पत्ति छानबिन गर्नुपर्ने सांसद् न्यौपानेको माग

सोमबार ११ जेठ, २०८३
४२ minutes

दुर्गा प्रसाईं विरुद्ध पर्सा जिल्ला अदालतमा अभियोग पत्र दायर

सोमबार ११ जेठ, २०८३
६० minutes

पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाविरुद्धको पक्राउ पुर्जी सम्बन्धी रिट आज सुनुवाइमा

सोमबार ११ जेठ, २०८३
३ घण्टाअघि

सर्वोच्च अदालतमा गोला प्रथाबाट पेशी तोक्ने प्रक्रिया हटाउने तयारीप्रति बार अध्यक्ष मिश्रको आपत्ति

सोमबार ११ जेठ, २०८३
४ घण्टाअघि

भैँसी खेतमा पसेको निहुँमा दलित महिलामाथि कुटपिट

सोमबार ११ जेठ, २०८३
५ घण्टाअघि

मोबाइल चार्ज गर्ने बहानामा बुहारीको कोठा पसेका जेठाजुलाई लाग्यो बलात्कार आरोप, ससुरा फरार

सोमबार ११ जेठ, २०८३
६ घण्टाअघि
न्यायाधीशको सम्पत्ति छानबिन गर्नुपर्ने सांसद् न्यौपानेको माग
सोमबार ११ जेठ, २०८३
दुर्गा प्रसाईं विरुद्ध पर्सा जिल्ला अदालतमा अभियोग पत्र दायर
सोमबार ११ जेठ, २०८३
भूमि मन्त्रालयअन्तर्गत १३ अर्बभन्दा बढी बेरुजु, फर्छ्यौट सुस्त
सोमबार ११ जेठ, २०८३
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाविरुद्धको पक्राउ पुर्जी सम्बन्धी रिट आज सुनुवाइमा
सोमबार ११ जेठ, २०८३
सर्वोच्च अदालतमा गोला प्रथाबाट पेशी तोक्ने प्रक्रिया हटाउने तयारीप्रति बार अध्यक्ष मिश्रको आपत्ति
सोमबार ११ जेठ, २०८३
भैँसी खेतमा पसेको निहुँमा दलित महिलामाथि कुटपिट
सोमबार ११ जेठ, २०८३
मोबाइल चार्ज गर्ने बहानामा बुहारीको कोठा पसेका जेठाजुलाई लाग्यो बलात्कार आरोप, ससुरा फरार
सोमबार ११ जेठ, २०८३
बैंकिङ कसुर मुद्दामा फरार व्यक्ति पक्राउ
आईतबार १० जेठ, २०८३
‘फुटेर होइन, जुटेर नै कांग्रेस र देश बलियो हुन्छ’
आईतबार १० जेठ, २०८३
रास्वपा महाधिवेशनको तयारी कार्यतालिका सार्वजनिक
आईतबार १० जेठ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०