भूमि मन्त्रालयअन्तर्गत १३ अर्बभन्दा बढी बेरुजु, फर्छ्यौट सुस्त

शब्द एक्स्प्रेस संवाददाता
सोमबार ११ जेठ, २०८३
५ महिनाअघि

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गत भूमितर्फको कुल बेरुजु १३ अर्ब २४ करोड ७० लाख रुपैयाँ पुगेको छ। यो तथ्याङ्क मन्त्रालयका सचिव मदन भुजेलले सार्वजनिक लेखा समितिको बैठकमा प्रस्तुत गरेका हुन्।

उनका अनुसार हालसम्म बेरुजु फर्छ्यौटको प्रगति अत्यन्तै न्यून रहेको छ। चालु आर्थिक वर्षमा मात्र ३६ करोड १५ लाख ६० हजार रुपैयाँ बेरुजु फर्छ्यौट भएको छ, जुन कुल बेरुजुको २.७३ प्रतिशत मात्र हो।

Advertisement

कुल बेरुजुमध्ये ७ अर्ब १२ करोड रुपैयाँ नियमित गर्नुपर्ने, ६ अर्ब ३ करोड रुपैयाँ असुलउपर गर्नुपर्ने र १२ करोड ५६ लाख रुपैयाँ पेश्की रकम रहेको छ।

सचिव भुजेलका अनुसार मन्त्रालयअन्तर्गतका निकायमध्ये अधिकांश बेरुजु भूमि व्यवस्थापन तथा अभिलेख विभाग र त्यसअन्तर्गतका कार्यालयहरूमा केन्द्रित छ, जुन कुल बेरुजुको करिब ९९ प्रतिशत हो।

विशेषगरी चाबहिल, डिल्लीबजार, कलंकी, ललितपुर, भक्तपुर, महोत्तरी, चितवन, बेलबारी, विराटनगर, पर्सा, सिरहा र बारा जस्ता मालपोत कार्यालयहरूमा बेरुजु उच्च देखिएको छ।

सचिव भुजेलका अनुसार बेरुजु मुख्यतः खर्चभन्दा पनि राजस्व असुलीसँग सम्बन्धित छ। वार्षिक करिब ५० अर्ब रुपैयाँ राजस्व संकलन गर्ने मन्त्रालयमा आयकर असुली, पूँजीगत लाभकर, मोही बाँडफाँट तथा रियलस्टेट कारोबारको परिभाषासम्बन्धी अस्पष्टताले समस्या सिर्जना गरेको उनले बताए।

उनले केही कानुनी प्रावधान व्यवहारिक नभएको भन्दै सार्वजनिक लेखा समितिमा गम्भीर छलफल आवश्यक रहेको धारणा राखे।

यसैबीच, काठमाडौंको धोबीखोला करिडोर क्षेत्रमा सार्वजनिक जग्गा अतिक्रमणसँग सम्बन्धित मात्र १ अर्ब ९७ करोड रुपैयाँ बेरुजु देखिएको छ। सचिव भुजेलका अनुसार यस्तो जटिल प्रकृतिका मुद्दाले बेरुजु फर्छ्यौट प्रक्रिया अझै सुस्त बनाइरहेको छ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

राष्ट्रपति पौडेलद्वारा मैतीदेवी मन्दिरमा पूजाअर्चना
मङ्गलबार ४ कार्तिक, २०८३
रवि र सुशील भट्टको पक्राउमा फरक मापदण्ड अपनाइएको महेश बस्नेतको आरोप
सोमबार ३ कार्तिक, २०८३
नेपालको कप्तान
शीर्ष ६ मा उक्लिन नेपाललाई जित्नैपर्ने दबाब, निर्णायक खेलमा ओमानसँग भिड्दै
सोमबार ३ कार्तिक, २०८३
बाढीपहिरोको क्षतिपछि कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
आईतबार २ कार्तिक, २०८३
नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’
आईतबार २ कार्तिक, २०८३
३ हजारको फेन्सी सामान किनेकी नुवाकोटकी सन्तमायाले जितिन् १० लाख
आईतबार २ कार्तिक, २०८३
जेनजी आन्दोलनका बेला नख्खु कारागारबाट भागेका कैदी सुन्दरीजलबाट पक्राउ
आईतबार २ कार्तिक, २०८३
इनरुवाको घरबाट झन्डै एक टन गाँजा बरामद, चार जना प्रहरी नियन्त्रणमा
आईतबार २ कार्तिक, २०८३
जुम्लामा न्यूनतम तापक्रम माइनस ०.५ डिग्रीमा झर्‍यो
आईतबार २ कार्तिक, २०८३
जीबी राईको अडियोबारे हर्क साम्पाङको आशंका, ‘अर्को विषयबाट ध्यान मोड्ने प्रयास हुन सक्छ’
आईतबार २ कार्तिक, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०