विराटनगर । जमुनाहा–नेपालगन्ज–कोहलपुर–चिसापानी सडक खण्डमा पर्ने सडक सीमाभित्रका अनधिकृत संरचनाहरू हटाउन डिभिजन सडक कार्यालय नेपालगन्जले ३० दिने सार्वजनिक सूचना जारी गरेको छ ।
डिभिजन कार्यालयले कर्णाली राजमार्गको यो खण्डमा सडक सीमा अतिक्रमण गरी बनाइएका घर, टहरा, छाप्रो, खोका, ठेला, होर्डिङ बोर्ड र निर्माण सामग्री हटाउन निर्देशन दिएको हो ।
सूचना प्रकाशित भएको मितिले ३० दिनभित्र सम्बन्धित सरोकारवालाले आफै संरचना नहटाएमा सडक विभागले आफ्नै डोजर प्रयोग गरी ती संरचना भत्काउने जनाएको छ ।
