विराटनगर । राष्ट्रिय सभाको बैठक स्थगित भएको छ।
राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले जेठ १३ गते दिउँसो १:१५ बजे बस्ने गरी बैठक स्थगित गरेका हुन्।
राष्ट्रिय सभामा वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२ पेस भएको छ । सिंहदरबारमा जारी राष्ट्रिय सभामा राष्ट्रिय सभाका सचिव तुल बहादुर कंडेलले विधेयक पेस गरेका हुन्।
यो विधेयक विपक्षीहरूको नाराबाजीबिच बिहीबार प्रतिनिधिसभाबाट पारित भएको थियो । त्यही विधेयक आज राष्ट्रिय सभामा पेस गरिएको हो।