सुदूरपश्चिममा कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक अभियान

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार ८ जेठ, २०८३
४ महिनाअघि

नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन केन्द्रीय समितिले सुदूरपश्चिम प्रदेशमा क्रियाशील सदस्यता अद्यावधिकसम्बन्धी अन्तर्क्रियात्मक कार्यक्रम आयोजना गर्ने भएको छ। महामन्त्री प्रदीप पौडेल संयोजक रहेको समितिले जेठ ११ गते कञ्चनपुरको महेन्द्रनगरमा कार्यक्रम गर्न लागेको हो।

कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलाल का अनुसार कार्यक्रममा सुदूरपश्चिम प्रदेशका केन्द्रीय सदस्य, जिल्ला सभापति, क्षेत्रीय सभापति, जरा अभियानका प्रतिनिधि तथा प्रविधि विज्ञहरू सहभागी हुनेछन्।

Advertisement

महामन्त्री पौडेलले कांग्रेसलाई पूर्ण डिजिटल सदस्यता प्रणालीमा रूपान्तरण गर्ने उद्देश्यले प्रदेशस्तरीय प्रशिक्षण र भेला सञ्चालन भइरहेको बताएका छन्। उनका अनुसार कोशी, कर्णाली, लुम्बिनी र बागमती प्रदेशमा यस्ता कार्यक्रम सम्पन्न भइसकेका छन्।

कांग्रेसले जेठ २१ गतेभित्र नयाँ क्रियाशील सदस्य वितरण, पुराना सदस्य नवीकरण र सम्पूर्ण सदस्यता अद्यावधिक गरिसक्न निर्देशन दिएको छ। अद्यावधिक नगर्ने वडा सभापतिमाथि जिम्मेवारी खोस्ने तयारीसमेत पार्टीले गरेको जनाएको छ।

यद्यपि, पूर्णबहादुर खड्का र शेखर कोइराला पक्षले यसअघि नै लाखौं सदस्यता वितरण भइसकेकाले पुनः अद्यावधिक आवश्यक नरहेको भन्दै प्रश्न उठाएका छन्।

कांग्रेसले असोजमा हुने १५औं महाधिवेशनलाई लक्षित गर्दै सदस्यता व्यवस्थापन र डिजिटल डाटाबेस निर्माण अभियानलाई तीव्र बनाएको छ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

चोलेन्द्रशमशेरलाई जेनजीबाट नभई अपरिचित समूहबाट थ्रेट आएको सरकारको स्पष्टीकरण
मङ्गलबार १३ असोज, २०८३
मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक, यस्ता छन् मुख्य निर्णय
मङ्गलबार १३ असोज, २०८३
कांग्रेस देउवा समूहमा प्रवेश गरे दीपक मनाङे
मङ्गलबार १३ असोज, २०८३
विराटनगरमा तासको खालमा प्रहरीको छापा, भागदौडमा एकको मृत्यु
मङ्गलबार १३ असोज, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
मङ्गलबार १३ असोज, २०८३
बालक, पुरुष र लैङ्गिक अल्पसंख्यकमाथिको यौन हिंसा
मङ्गलबार १३ असोज, २०८३
मंसिर १ देखि काठमाडौं उपत्यकामा मासु जाँचसम्बन्धी ऐन लागू हुने
सोमबार १२ असोज, २०८३
हङकङ सिक्सेसमा नेपाल सहभागी नहुने
सोमबार १२ असोज, २०८३
चोलेन्द्रशमशेरको पक्राउबारे राष्ट्रिय सभामा प्रधानमन्त्री र गृहमन्त्रीसँग जवाफ माग
सोमबार १२ असोज, २०८३
ईसेवाको सीईओमा निरज शर्मा नियुक्त, जगदीश खड्काको चार वर्षे कार्यकाल पूरा
सोमबार १२ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०