विराटनगर । मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत लिँदैछन् ।
आज दिउँसो १ जबे बस्ने प्रदेश सभाको बैठकमा विश्वासको मत लिने कार्यसूची तय गरिएको हो ।
सत्ता सारथी दलले समर्थन फिर्ता लिएको ३० दिनचित्र विश्वासको मत लिनुपर्ने कानुनी प्रावधान छ । यसअघि गत वैशाख २२ गते जनमत पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि सरकार अल्पमतमा परेको थियो।
त्यसपछि जेठ १ गते मुख्यमन्त्री यादवले लिएको विश्वासको मत असफल भएको थियो ।सरकारलाई जसपा नेपाल, नेकपा र नेपाली कांग्रेसको समर्थन रहेको थियो।
तर बिहीबार राति एमाले सरकारमा सहभागी हुने सहमति भएपछि मधेश सरकारको समीकरण फेरिएको हो।
नयाँ समीकरणअनुसार अब एमाले, कांग्रेस र नेकपाको संयुक्त सरकार बनेको छ ।