दुहबीमा व्यवसाय व्यवस्थापन तालिम सम्पन्न, मेयर पत्नी सहित ३८ जनालाई प्रमाणपत्र वितरण

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार ७ जेठ, २०८३
४ महिनाअघि

विराटनगर । दुहबी नगरपालिकाको लघुउद्यम विकास शाखाले सञ्चालन गरेको पाँच दिने व्यवसाय सुधार तथा व्यवस्थापनका लागि व्यवसायिक योजना सम्बन्धी तालिम सम्पन्न भएको छ ।

तालिममा दुहबी नगरपालिकाका प्रमुख वेद नारायण गच्छादारकी पत्नी संगीता गच्छादार सहित व्यवसाय सञ्चालन गरिरहेका ३८ जना उद्यमी महिला तथा पुरुषको सहभागिता रहेको थियो ।

Advertisement

तालिम सम्पन्न भएपछि नगर प्रमुख गच्छादारले सहभागीहरुलाई प्रमाणपत्र वितरण गरेका हुन् । कार्यक्रममा उपमेयर मेनुका खतिवडा, लघुउद्यम शाखा प्रमुख दिवेश चौधरी लगायतको उपस्थिति रहेको थियो ।

पाँच दिनसम्म सञ्चालन भएको तालिममा सहभागीहरुलाई उत्पादन लागत निर्धारण गर्ने तरिका, वस्तुको मूल्य निर्धारण, बजार व्यवस्थापनमा आउने समस्या समाधान, नाफा–नोक्सानको विश्लेषण, कुल लगानी तथा पूँजी व्यवस्थापन, वस्तुको गुणस्तर कायम गर्ने उपाय, लक्षित ग्राहक तथा बजार पहिचान, प्रति इकाइ वस्तुको मूल्य निर्धारण, स्थिर सम्पत्ति तथा लगानी फिर्ता अवधिबारे जानकारी गराइएको थियो ।

प्रमाणपत्र वितरण कार्यक्रममा बोल्दै नगर प्रमुख गच्छादारले कुनै पनि काम सानो वा ठूलो नहुने उल्लेख गर्दै आर्थिक आत्मनिर्भरता नै सफल मानिसको पहिचान, अस्तित्व र सामाजिक प्रतिष्ठाको आधार भएको बताए ।

उनले तालिमबाट सिकेको सीप, अनुभव, दक्षता, पूँजी र बजारलाई समय सापेक्ष सदुपयोग गर्न सहभागी उद्यमीहरुलाई आग्रह गरे ।

लघुउद्यममार्फत सयौँ स्थानीयलाई रोजगारी सिर्जना गर्ने लक्ष्यसहित नगरपालिकाले ठूलो लगानी गरिरहेको उल्लेख गर्दै उनले आफूले सुरु गरेका परियोजनामा अन्तिम समयसम्म साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।

आगामी दिनमा युरोपियन युनियनबाट आउने वैदेशिक तालिम तथा सहयोगसमेत यस्ता उद्यमीहरुलाई प्राथमिकतामा राखेर प्रदान गरिने जानकारी उनले दिए ।

साथै उनले हतोत्साहित नभई उत्साहका साथ आफ्नो व्यवसायिक योजना अगाडि बढाउन आग्रह गर्दै नगरपालिका सधैं उद्यमीहरुको साथमा रहने विश्वास दिलाए ।

उपमेयर मेनुका खतिवडाले महिला आर्थिक सशक्तीकरण नै पालिकाको समग्र विकास र उन्नतिको आधार भएको बताइन् ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

मंसिर १ देखि काठमाडौं उपत्यकामा मासु जाँचसम्बन्धी ऐन लागू हुने

सोमबार १२ असोज, २०८३
२ घण्टाअघि

चोलेन्द्रशमशेरको पक्राउबारे राष्ट्रिय सभामा प्रधानमन्त्री र गृहमन्त्रीसँग जवाफ माग

सोमबार १२ असोज, २०८३
७ घण्टाअघि

ईसेवाको सीईओमा निरज शर्मा नियुक्त, जगदीश खड्काको चार वर्षे कार्यकाल पूरा

सोमबार १२ असोज, २०८३
७ घण्टाअघि

फेरि किन पक्राउ परे दुर्गा प्रसाईं ?

सोमबार १२ असोज, २०८३
९ घण्टाअघि

चार दिनको वर्षाले देशभरका प्रमुख राजमार्ग प्रभावित, दर्जनौँ सडकखण्ड अवरुद्ध

सोमबार १२ असोज, २०८३
१० घण्टाअघि

विराट कोहलीको अर्को ऐतिहासिक कीर्तिमान, ओडिआईमा १५ हजार रन पूरा

सोमबार १२ असोज, २०८३
११ घण्टाअघि
मंसिर १ देखि काठमाडौं उपत्यकामा मासु जाँचसम्बन्धी ऐन लागू हुने
सोमबार १२ असोज, २०८३
हङकङ सिक्सेसमा नेपाल सहभागी नहुने
सोमबार १२ असोज, २०८३
चोलेन्द्रशमशेरको पक्राउबारे राष्ट्रिय सभामा प्रधानमन्त्री र गृहमन्त्रीसँग जवाफ माग
सोमबार १२ असोज, २०८३
ईसेवाको सीईओमा निरज शर्मा नियुक्त, जगदीश खड्काको चार वर्षे कार्यकाल पूरा
सोमबार १२ असोज, २०८३
फेरि किन पक्राउ परे दुर्गा प्रसाईं ?
सोमबार १२ असोज, २०८३
देउवा समूहले महाधिवेशन :सभापतिमा उठ्न ३० हजार, वडामा २५० रुपैयाँ शुल्क
सोमबार १२ असोज, २०८३
चार दिनको वर्षाले देशभरका प्रमुख राजमार्ग प्रभावित, दर्जनौँ सडकखण्ड अवरुद्ध
सोमबार १२ असोज, २०८३
विराट कोहलीको अर्को ऐतिहासिक कीर्तिमान, ओडिआईमा १५ हजार रन पूरा
सोमबार १२ असोज, २०८३
म्याग्दीमा पहिरोमा परी तीन जनाको मृत्यु, दुई जनाको हेलिकप्टरबाट जीवितै उद्धार
आईतबार ११ असोज, २०८३
मनाङको हिमलुङ हिमालमा हिमपहिरो, १० जना बेपत्ता
आईतबार ११ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०