श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानमन्त्री बालेन शाह संसदप्रति जिम्मेवार नबन्दासम्म विरोध जारी रहने बताएका छन्।
संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले गृहमन्त्रीको जिम्मेवारी समेत प्रधानमन्त्रीकै भएकाले उठेका प्रश्नको जवाफ संसदमा दिनुपर्ने बताएका हुन्।
सुकुमवासी बस्ती खाली गराउने विषयदेखि गृह मन्त्रालयसँग सम्बन्धित मुद्दामा सरकार जवाफदेही हुनुपर्ने उनको भनाइ छ।
‘हामी पाँचै वर्ष विरोध गर्छौं,’ भन्दै राईले सरकारको आलोचना गरेकै आधारमा निलम्बन गरिए पनि आफूहरू तयार रहेको बताएका छन्।