गम्भीर अवस्थामा बाटोमा भेटिएका विराटनगरका युवाको उपचारमा आर्थिक अभाव, सहयोगका लागि अपिल

शब्द एक्स्प्रेस संवाददाता
बुधबार ६ जेठ, २०८३
३ घण्टाअघि

विराटनगर । मोरङको धनपालथान गाउँपालिका–दादरबैरियानजिक हुलाकी राजमार्ग क्षेत्रमा गम्भीर अवस्थामा फेला परेका विराटनगरका एक किशोरको उपचार आर्थिक अभावका कारण प्रभावित बनेको छ ।

विराटनगर महानगरपालिका–७ भृकुटी चोक निवासी १७ वर्षीय विश्वास मण्डल गत सोमबार राति गम्भीर घाइते अवस्थामा फेला परेका थिए । राति करिब १ बजेतिर टाउकोमा चोट लागेको अवस्थामा प्रहरीले उनलाई उद्धार गरी तत्काल उपचारका लागि विराटनगरस्थित गोल्डेन अस्पताल पुर्‍याएको थियो ।

हाल विश्वासको अस्पतालको आइसियुमा उपचार भइरहेको छ । चिकित्सकको निगरानीमा उपचार जारी रहे पनि उपचार खर्च व्यवस्थापन गर्न परिवारलाई कठिनाइ भइरहेको जनाइएको छ ।

विश्वासका दाजु श्याम मण्डलका अनुसार उपचारका लागि आवश्यक खर्च जुटाउन परिवारले विभिन्न प्रयास गरिरहेको छ । उनले आर्थिक अवस्था कमजोर भएका कारण उपचारलाई निरन्तरता दिन चुनौती थपिएको बताए ।

परिवारले विश्वासको स्वास्थ्य सुधारका लागि सहयोग र सद्भावको अपेक्षा गरेको छ । श्यामका अनुसार उनलाई ९८१४३५६९९९ मा इसेवा मार्फत् सहयोग गर्न सकिने छ ।

प्रहरीका अनुसार घटनाको कारण खुल्न बाँकी छ । यस विषयमा आवश्यक अनुसन्धान अगाडि बढाइएको छ ।

 

प्रकाशित समय: बुधबार ६ जेठ, २०८३, १५:२५:०५

सम्बन्धित खबर

नगर प्रहरीको दुर्व्यवहारपछि वीरेन्द्रनगर नगरपालिकाद्वारा काफल व्यवसायी महिलासँग माफी

बुधबार ६ जेठ, २०८३
२२ minutes

धनकुटाको चौबिसे गाउँपालिकामा नीति, कार्यक्रम तथा बजेट तर्जुमाबारे सार्वजनिक सुनुवाइ सम्पन्न

बुधबार ६ जेठ, २०८३
५३ minutes

सामसुङमा हडतालको सम्भावना ,तलब वार्ता निष्कर्षविहीन

बुधबार ६ जेठ, २०८३
१ घण्टाअघि

सरकारविरुद्ध पाँचै वर्ष विरोध जारी रहन्छ : हर्कराज राई

बुधबार ६ जेठ, २०८३
२ घण्टाअघि

‘प्रेसलाई नियन्त्रण गर्ने सरकारको कुनै मनसाय छैन’

बुधबार ६ जेठ, २०८३
४ घण्टाअघि

संवेदनशील निकाय खाली बनाएर सरकारले ‘भ्याकुम’ सिर्जना गर्‍यो : भीष्मराज आङ्देम्बे

बुधबार ६ जेठ, २०८३
५ घण्टाअघि
नगर प्रहरीको दुर्व्यवहारपछि वीरेन्द्रनगर नगरपालिकाद्वारा काफल व्यवसायी महिलासँग माफी
बुधबार ६ जेठ, २०८३
धनकुटाको चौबिसे गाउँपालिकामा नीति, कार्यक्रम तथा बजेट तर्जुमाबारे सार्वजनिक सुनुवाइ सम्पन्न
बुधबार ६ जेठ, २०८३
सामसुङमा हडतालको सम्भावना ,तलब वार्ता निष्कर्षविहीन
बुधबार ६ जेठ, २०८३
सरकारविरुद्ध पाँचै वर्ष विरोध जारी रहन्छ : हर्कराज राई
बुधबार ६ जेठ, २०८३
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा भगवती चौधरी पुनः निर्विरोध चयन
बुधबार ६ जेठ, २०८३
गम्भीर अवस्थामा बाटोमा भेटिएका विराटनगरका युवाको उपचारमा आर्थिक अभाव, सहयोगका लागि अपिल
बुधबार ६ जेठ, २०८३
‘प्रेसलाई नियन्त्रण गर्ने सरकारको कुनै मनसाय छैन’
बुधबार ६ जेठ, २०८३
संवेदनशील निकाय खाली बनाएर सरकारले ‘भ्याकुम’ सिर्जना गर्‍यो : भीष्मराज आङ्देम्बे
बुधबार ६ जेठ, २०८३
प्लेकार्डसहितको विरोधपछि सभामुख अर्यालको चेतावनी
बुधबार ६ जेठ, २०८३
न्यायाधीश सपना प्रधान मल्ल २० दिन बिदामा
बुधबार ६ जेठ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०