विराटनगर । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सार्वजनिक खर्चमा मितव्ययीता अपनाउन निर्देशन दिएको छ ।
अत्यावश्यकबाहेक नयाँ सामग्री खरिद नगरी सार्वजनिक खर्चमा मितव्ययिता अपनाउन सबै निकायलाई निर्देशन दिएको हो।
कार्यालयले सबै मन्त्रालय, आयोग, सचिवालय, कार्यालय, निकाय, प्रदेश सरकार र मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयहरूलाई परिपत्र गर्दै आवश्यक नपरेका सामान खरिद नगर्न आग्रह गरेको हो।