विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद् ज्ञानेन्द्र शाहीले नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्री वालेन्द्र शाह अनिवार्य उपस्थित हुनुपर्ने बताएका छन्।
आज बसेको प्रतिनिधिसभाको बैठकमा उनले सत्ता पक्षसँग सरकारको शक्ति भए पनि जनताको प्रतिनिधिको आवाज नसुन्न नमिल्ने बताए।
प्रधानमन्त्री शाह कालो चश्मा लगाएर सिंहदरबारमै बसिरहेको उल्लेख गर्दै उनले रुलिङ गरेर प्रधानमन्त्रीलाई संसदमा बोलाउन सभामुख डीपी अर्यालसँग माग गरे।