तीन दिनको लगातार वृद्धि पछि नेप्सेमा गिरावट, परिसूचक ३९ अंकले घट्यो

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार २९ ब‌ैशाख, २०८३
२ महिनाअघि

काठमाडौं । पछिल्लो तीन कारोबार दिन लगातार बढेको नेप्से परिसूचक मंगलबार घटेको छ । मंगलबार नेप्से परिसूचक ३९.४४ अंकले घटेर २७४४.४० विन्दुमा कायम भएको छ ।

यसदिन सेन्सेटिभ इण्डेक्स ५.१५ अंक, फ्लोट इण्डेक्स २.५५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.८९ अंकले घटेको छ ।

Advertisement

नेप्से घटेपनि कारोबार रकम भने बढेको छ । मंगलबार ३३८ स्टकको ६२ हजार ५१२ पटकको कारोबारमा ४ अर्ब ६६ करोड ५० लाख २० हजार रुपैयाँ बराबरको १ करोड ६ लाख ७८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ । सोमबार ४ अर्ब ६१ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज धौलागिरी लघुवित्त वित्तीय संस्था को शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयरमूल्य १९५ रुपैयाँले बढेर १ हजार ३९५ रुपैयाँमा अन्तिम कारोबार भएको हो ।

यता फस्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक १२.४० प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा नेशनल हाइड्रोपावर शीर्ष स्थानमा रह्यो । कम्पनीको १८ करोड ९९ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । त्यसपछि रिलायन्स स्पिनिङ मिल्सको १८ करोड रुपैयाँ तथा रिडी पावर कम्पनी को १७ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

१३ उपसमूहमध्ये १२ उपसमूहको परिसूचक घटेको छ । म्युचुअल फण्ड उपसमूहको परिसूचक भने सामान्य अंकले बढेको छ ।

प्रकाशित समय: बुधबार १० असार, २०८३, ०५:५०:१०
१ अर्बको लगानीमा विराटनगरमा विश्वस्तरीय क्याम्पस, बीआईसीले ल्यायो दुई अन्तर्राष्ट्रिय कोर्स
शुक्रबार १२ असार, २०८३
बर्जु–३ मा सिलाइ–बुनाइ तालिम सम्पन्न, महिलालाई आत्मनिर्भर बनाउन सिलाइ मेसिन हस्तान्तरण
शुक्रबार १२ असार, २०८३
स्याङ्जामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १८ घाइते
शुक्रबार १२ असार, २०८३
सुकुम्वासीलाई होल्डिङ सेन्टर खाली गर्न सात दिन म्याद थप
शुक्रबार १२ असार, २०८३
महामन्त्रीको दौडबाट किन पछि हटे खरेल ?
शुक्रबार १२ असार, २०८३
कांग्रेस महामन्त्री घिमिरे र कोइरालाबीच भेटवार्ता
शुक्रबार १२ असार, २०८३
प्रतिनिधिसभाको बैठकको फेरि सर्‍यो
शुक्रबार १२ असार, २०८३
रंगेलीको आदर्श माविमा लागूऔषध दुर्व्यसनी तथा साइबर सुरक्षासम्बन्धी सचेतनामूलक कार्यक्रम
शुक्रबार १२ असार, २०८३
जर्मनीलाई हराउँदै इक्वाडर पहिलोपटक नकआउट चरणमा
शुक्रबार १२ असार, २०८३
भोक्राहामा विद्यार्थीलाई लक्षित गर्दै लागुऔषधविरुद्ध सचेतनामूलक कार्यक्रम
बिहिबार ११ असार, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०