विराटनगर । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक सहजीकरणका लागि मोबाइल नम्बर प्रयोगमा ल्याएको छ ।
सदस्यता अद्यावधिकको सहजताका लागि ९७०१२५५५५५ नम्बरको मोबाइल नम्बर प्रयोगमा ल्याएको हो ।
कांग्रेसको क्रियाशील सदस्यता डिजिटल प्रणालीमा अध्यावधिक गर्ने कार्य देशैभरिका ६ हजार७ सय ४३ वटै वडाहरूमा भइरहेको छ ।
क्रियाशील सदस्यहरूले उक्त नम्बर ‘मिस कल’ गरेमात्रै पुग्ने क्रियाशील सदस्यता छानबिन समिति संयोजक एवम् महामन्त्री प्रदीप पौडेलले बताए ।