विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)संसदीय दलका नेता ज्ञानेन्द्र शाही र नेपालका लागि इजरायली राजदूत श्मुलिक आरीबासबीच भेटवार्ता भएको छ ।
उनीहरुबीच आज सिंहदरबारमा भेटवार्ता भएको हो।
भेटका क्रममा नेपाल-इजरायल सम्बन्ध, इजरायलमा रहेका नेपाली नागरिकको सुरक्षा, श्रम तथा रोजगारीका अवसर, साथै द्विपक्षीय सहकार्यलाई अझ सुदृढ बनाउने विषयमा विस्तृत छलफल भएको छ ।