शैक्षिक पात्रो सुधार्न त्रिविमा धमाधम परीक्षा, साउनदेखि नियमित तालिका लागू हुने

शब्द एक्स्प्रेस संवाददाता
शनिवार १९ ब‌ैशाख, २०८३
४ महिनाअघि

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले लामो समयदेखि अनियमित रहेको शैक्षिक पात्रो सुधार्ने लक्ष्यसहित धमाधम परीक्षा सञ्चालन गरिरहेको छ।

त्रिवि परीक्षा नियन्त्रण कार्यालयका अनुसार आगामी साउनदेखि नियमित शैक्षिक पात्रोअनुसार परीक्षा सञ्चालन गर्ने तयारीस्वरूप अहिले अनियमित भएका सबै परीक्षा तीव्र गतिमा लिइँदै छन्। परीक्षा नियन्त्रक लक्ष्मण पौडेलले महिनामा तीनदेखि चार प्रकारका परीक्षा सञ्चालन भइरहेको जानकारी दिए।

“अनियमित भएको पात्रोलाई सुधार्न अहिले हामी महिनामा तीनदेखि चारवटा परीक्षा सञ्चालन गरिरहेका छौं,” उनले भने, “२०५३ सालदेखिका मौका परीक्षा समेत असारसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ।”

हाल वैशाख महिनामै चार प्रकारका परीक्षा सञ्चालन भइरहेका छन्। स्नातक तहअन्तर्गत बीएएलएलबी दोस्रो वर्ष, नियमित दोस्रो वर्ष, बीटेक पहिलो र दोस्रो वर्षका परीक्षा चलिरहेका छन्।

पौडेलका अनुसार असारसम्म सबै बाँकी परीक्षा सम्पन्न गरी आगामी साउनदेखि २०८३ सालको शैक्षिक पात्रोअनुसार नियमित परीक्षा सञ्चालन गरिनेछ। जेठ महिनाका लागि तीनवर्षे स्नातक तहको पहिलो वर्ष, चारवर्षे स्नातक पहिलो वर्ष, बीएएलएलबी तेस्रो वर्ष तथा बीटेक तेस्रो वर्षका परीक्षाको कार्यतालिका सार्वजनिक भइसकेको छ।

त्यस्तै असार महिनामा स्नातक तहका सबै संकायको चौथो वर्षको नियमित परीक्षा सञ्चालन गरिने तयारी गरिएको छ।

उनका अनुसार कोरोना भाइरस महामारी र त्यसपछिका विभिन्न आन्दोलनका कारण अवरुद्ध भएका परीक्षा अब पूर्ण रूपमा नियमित गरिनेछ। हाल सञ्चालन भइरहेका परीक्षामा करिब एक लाख १५ हजार परीक्षार्थी सहभागी रहेका छन्।

यसैबीच, परीक्षा नियन्त्रण कार्यालयले परीक्षा सम्पन्न भएको १०० दिनभित्रै नतिजा प्रकाशन गर्ने व्यवस्था लागू गरेको जनाएको छ।

प्रकाशित समय: शनिवार १९ ब‌ैशाख, २०८३, ११:४३:१५
कप्तान ऐरी आइसिसी वरीयताको तेस्रो स्थानमा
शुक्रबार ५ भदौ, २०८३
नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त
शुक्रबार ५ भदौ, २०८३
इरान युद्धपछि खाडी क्षेत्रमा अमेरिकी सैन्य उपस्थितिमाथि पेन्टागनको पुनर्विचार
बिहिबार ४ भदौ, २०८३
दुहबी–१२ मा ५ करोडको सडक योजना, बुगडरीदेखि बर्जु सीमासम्म  कालोपत्रे गरिने
बिहिबार ४ भदौ, २०८३
कोशीमा कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लियो
बुधबार ३ भदौ, २०८३
सांसद–मन्त्रीबीच दूरी बढेपछि रवि लामिछानेले बोलाए छलफल
बुधबार ३ भदौ, २०८३
आजदेखि देशभर म्यानपावर कम्पनी बन्द
सोमबार १ भदौ, २०८३
भारतीय स्थलसेनाध्यक्ष जनरल धीरज सेठ आज नेपाल आउँदै
आईतबार ३१ साउन, २०८३
सुदूरपश्चिममा एमालेका तीन मन्त्री र एक राज्यमन्त्रीले शपथ लिए
शुक्रबार २९ साउन, २०८३
सुदूरपश्चिममा खगराज भट्ट मुख्यमन्त्री नियुक्त
शुक्रबार २९ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०