महावीर पुनको सम्पत्ति : २८ रोपनी जग्गा,३ तोला सुन र २९ लाख नगद

शब्द एक्स्प्रेस संवाददाता
बुधबार १६ ब‌ैशाख, २०८३
२ महिनाअघि

पूर्वमन्त्री तथा प्रतिनिधि सभा सदस्य महावीर पुनले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। उनले आफूसँग करिब तीन तोला सुन, कास्कीको पोखरा महानगरपालिका–७ माझठानामा चार ठाउँमा फैलिएको करिब २८ रोपनी जग्गा तथा केही नगद मौज्दात रहेको जानकारी दिएका छन्।

पुनका अनुसार उक्त जग्गा २०५२ सालमा पदम पुनसँग मिलेर करिब ४ लाख रुपैयाँमा खरिद गरिएको हो। जग्गा खरिदको स्रोत अमेरिकाबाट फर्किँदा बचेको स्वआर्जन रहेको उनले उल्लेख गरेका छन्। हाल सो जग्गा राष्ट्रिय आविष्कार केन्द्र सञ्चालनका लागि बिक्रीमा राखिएको भए पनि अझै बिक्री हुन सकेको छैन।

उनले करिब तीन तोला सुन २०६० सालतिर किनेको जनाएका छन्। तर त्यसको स्रोत श्रीमतीलाई इष्टमित्रबाट प्राप्त उपहार भएको विवरणमा उल्लेख गरिएको छ।

नगद मौज्दाततर्फ, नेपाल बैंक लिमिटेड मा करिब ४ लाख रुपैयाँ र राष्ट्रिय वाणिज्य बैंक मा करिब २५ लाख रुपैयाँ रहेको उनले बताएका छन्। नेपाल बैंकमा रहेको रकम साथीहरूबाट व्यक्तिगत खर्चका लागि प्राप्त भएको र राष्ट्रिय वाणिज्य बैंकमा रहेको रकम प्रतिनिधि सभा निर्वाचनका क्रममा सहयोगीहरूले दिएको चन्दाबाट बचेको उनले स्पष्ट पारेका छन्। उक्त रकम बेनीस्थित सम्पर्क कार्यालय सञ्चालनमा खर्च गरिने योजना रहेको छ।

यसैबीच, आफ्नो आत्मकथा पुस्तकबाट करिब २ लाख ५० हजार रुपैयाँ आम्दानी भएको र सो सम्पूर्ण रकम राष्ट्रिय आविष्कार केन्द्र तथा वीरगञ्ज कृषि औजार कारखाना सञ्चालनका लागि जम्मा गरिएको पुनले जानकारी दिएका छन्।

उनका अनुसार यी बाहेक आफूसँग कुनै ऋण, सवारी साधन, कृषि वा पशुधन तथा अन्य सम्पत्ति नरहेको उल्लेख गरेका छन्।

प्रकाशित समय: बुधबार १६ ब‌ैशाख, २०८३, १२:२४:५१
प्रतिनिधिसभाबाट चार अध्यादेश स्वीकृत
शुक्रबार ५ असार, २०८३
बर्डफ्लु पुष्टि भएपछि चिडियाखाना अनिश्चितकालका लागि बन्द
शुक्रबार ५ असार, २०८३
प्रतिनिधिसभा बैठक ६ दिनसम्म स्थगित
शुक्रबार ५ असार, २०८३
हर्क साम्पाङले मागे महावीरसँग १० करोड रकम
शुक्रबार ५ असार, २०८३
राप्रपाको महाधिवेशन मंसिर २६ मा गर्ने प्रस्ताव
शुक्रबार ५ असार, २०८३
कोशी प्रदेशका कानुनमन्त्रीको निवासमा मध्यरात किन पुग्यो प्रहरी ?
शुक्रबार ५ असार, २०८३
राप्रपा काठमाडौंका अध्यक्षसहित १०७ जनाले दिए सामूहिक राजीनामा
शुक्रबार ५ असार, २०८३
माग नसुनिएको भन्दै हर्क साम्पाङको प्रश्न,ढुङ्गाको देश हो कि मान्छेको ?
शुक्रबार ५ असार, २०८३
प्रतिनिधिसभामा विपक्षी दलका सांसद्हरूले गरे उठेर विरोध
शुक्रबार ५ असार, २०८३
कक्षा १२ को नतिजा सार्वजनिक
शुक्रबार ५ असार, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०