विराटनगर । सरकारले सुरक्षण मुद्रण केन्द्रलाई निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्ने गरी सूचीकृत गर्ने निर्णय गरेको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले केन्द्रलाई निजी क्षेत्रसँग प्रतिस्पर्धान गरी व्यापारिक कारोबार गर्ने गरी सार्वजनिक निकायमा सूचीकृत समावेश गर्ने निर्णय गरेको हो ।
यसबारे सूचना नेपाल राजपत्रमा प्रकाशन गरिने सरकारका प्रवक्ता सस्मित पोखरेल जानकारी दिए ।