विराटनगर । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले सुकुमबासी बस्ती स्थानान्तरण हुँदा मर्कामा परेका विद्यार्थीको सुरक्षा र सहजीकरणबारे ६ बुँदे सर्कुलर जारी गरेका छन् ।
मन्त्री पोखरेलको निर्देशन पछि मन्त्रालय अन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले अव्यवस्थित बस्ती स्थानान्तरण हुँदा त्यहाँ विद्यार्थीको परीक्षा व्यवस्थापन, प्रभावित वस्तिमै रहेका विद्यालय समायोजन तथा समन्वयलाई प्रभावकारी बनाउन विभिन्न निर्देशन तथा अनुरोध जारी गरेको हो ।
