विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद् विश्वराज पोखरेलले माफी मागेका छन्।
आफूलाई स्वागत गर्न नआएको भन्दै ओखलढुंगामा विद्यालयका प्रधानाध्यापकलाई थर्काउने विवादास्पद भिडियोप्रति माफी मागेका हुन् ।
उनले आज विज्ञप्ति जारी गर्दै घटनाको पूर्ण सन्दर्भ नबुझी आंशिक दृश्य मात्र सार्वजनिक हुँदा वास्तविकता त्यस्तो नभएको बताएका छन् ।
