विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष एवं पूर्वमन्त्री विक्रम पाण्डेलाई प्रहरीले पक्राउ गरेको छ ।
सरकारी बोलपत्रको वेबसाइटमा पहुँच राखेर ठेक्का आफ्नो कम्पनीलाई पारेको कसुरमा उनलाई सिआइबीले उनलाई पक्राउ गरेको हो।
उनी कालिका कन्स्ट्रक्सनका सञ्चालक हुन् । उनीबिरुद्ध सिक्टा सिञ्चाई आयोजनामा भ्रष्टाचार गरेको कसुरमा अख्तियारले २०७५ मा मुद्दा दायर गरेको थियो।
२०७९ मा उनी सहरी विकाश मन्त्री भएका थिए ।