विराटनगर । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद् हर्क साम्पाङले जनतालाई धेरै दुःख नदिन प्रधानमन्त्री वालेन्द्र शाहलाई आग्रह गरेका छन् ।
सरकारले सुकुमबासी बस्तीमा डोजर चलाउँदै गर्दा उनले शनिबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत जग्गा जमिन कसैको नहुने भन्दै जनतालाई धेरै दुःख नदिन सुझाव दिएका हुन् ।
उनले भनेका छन्, बालेन जीज् ! तपाईँलाई मेरो सुझाव- जनतालाई धेरै दुःख नदिनु ,जग्गा जमिन तेरो न मेरो कसैको हुँदैन, सबै जना एक दिन सडेर या जलेर खरानी हुँदै माटोमा विलय हुनु पर्छ।’