विराटनगर । सरकारले विपिन जोशीको परिवारलाई १० लाख रुपैयाँ सहयोग दिने भएको छ ।
मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको शिक्षामन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।
‘लर्न एण्ड अर्न कार्यक्रम अन्तर्गत अध्ययनका लागि इजरायल गएको अवस्थामा गाजाको घटनामा परी मृत्यु भएका विपिन जोशीको परिवारलाई १० लाख आर्थिक सहयोग उपलब्ध गराउने निर्णय भएको छ ‘, उनले भने।’