विराटनगर । सरकारले आगामी तीन महिना कुनै पनि कर्मचारीलाई वैदेशिक भ्रमणमा मनोनयन नगर्न निर्देशन दिएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मन्त्रालय, आयोग र निकाय सबैलाई पत्राचार गर्दै उक्त व्यवस्था गर्न निर्देशन दिएको हो ।
सरकारको निर्णयअनुसार स्वीकृत शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीको उच्च प्राथमिकतका साथ कार्यान्वयन भइरहेको सन्दर्भमा प्रधानमन्त्री कार्यालयले उक्त निर्देशन दिएको छ।