विराटनगर । सरकारले सुकुम्वासीहरुलाई दिगो व्यवस्थापनको तयारी गरेको छ ।
जिल्ला प्रशासन कार्यालयले शुक्रबार ६ बुँदे सुचना जारी गर्दै १५ दिनभित्र उचित व्यवस्थापन गर्ने तयारी रहेको जनाएको छ । सरकारले आज साँझ ७ बजेसम्म अवैध घरटहरा खाली गरिसक्न भनिएको छ ।
सूचनाअनुसार भोली बिहान ६ बजेदेखि घर-टहराहरु भत्काउने र अतिक्रमित जग्गा पूर्णरुपमा खाली गर्न थालिने छ ।
