श्रम सम्झौताविना काममा लगाउने र बढी समय काम गराउनेविरुद्ध कारबाही हुने चेतावनी

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार ४ ब‌ैशाख, २०८३
४ महिनाअघि
काठमाडौंश्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम ऐन २०७४ विपरीत श्रमिकलाई रोजगार सम्झौताविना काममा लगाउने तथा तोकिएको समयभन्दा बढी काम गराउने कार्यप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।मन्त्रालयले विज्ञप्ति जारी गर्दै केही अस्पताल, स्वास्थ्य संस्था तथा अन्य प्रतिष्ठानले श्रम सम्झौता नगरी काममा लगाउने गरेको पाइएको उल्लेख गर्दै यस्ता कार्यमा संलग्नलाई कारबाही गर्ने चेतावनी दिएको छ।

कानुनअनुसार रोजगारदाता र श्रमिकबीच सेवा, सर्त तथा सुविधा सम्बन्धी रोजगार सम्झौता अनिवार्य रूपमा गर्नुपर्ने व्यवस्था छ। सम्झौता भएपछि मात्र श्रमिकलाई काममा लगाउन पाइने र नियुक्तिपत्र समेत सोही प्रक्रियाअन्तर्गत पर्ने स्पष्ट गरिएको छ।

विज्ञप्तिमा प्रशिक्षार्थीलाई दैनिक ८ घण्टा र साप्ताहिक ४८ घण्टाभन्दा बढी काममा लगाउन नपाइने तथा अन्य श्रमिकलाई पनि कानुनले तोकेको समयसीमाभन्दा बढी काम गराउन नहुने उल्लेख छ।

त्यस्तै, अतिरिक्त समय (ओभरटाइम) काम गराउँदा पनि कानुनी प्रावधानअनुसार सीमित घण्टामात्र काम लगाउन पाइने व्यवस्था रहेको मन्त्रालयले स्मरण गराएको छ।

मन्त्रालयका अनुसार केही अस्पताल तथा स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी, नर्सिङ स्टाफ तथा अन्य कर्मचारीलाई नियमविपरीत काममा लगाइएको र तोकिएको भन्दा बढी समय काम गराइएको भन्ने उजुरी प्राप्त भएका छन्।

यसप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै मन्त्रालयले सबै रोजगारदाता र श्रमिकलाई प्रचलित श्रम कानुनको पूर्ण पालना गर्न आग्रह गरेको छ। साथै, कानुन विपरीत कार्य गरेको पाइए श्रम ऐन २०७४ बमोजिम कडा कारबाही गरिने चेतावनी दिएको छ।

प्रकाशित समय: शुक्रबार ४ ब‌ैशाख, २०८३, १७:५९:५९
कोशीमा कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लियो
बुधबार ३ भदौ, २०८३
सांसद–मन्त्रीबीच दूरी बढेपछि रवि लामिछानेले बोलाए छलफल
बुधबार ३ भदौ, २०८३
आजदेखि देशभर म्यानपावर कम्पनी बन्द
सोमबार १ भदौ, २०८३
भारतीय स्थलसेनाध्यक्ष जनरल धीरज सेठ आज नेपाल आउँदै
आईतबार ३१ साउन, २०८३
सुदूरपश्चिममा एमालेका तीन मन्त्री र एक राज्यमन्त्रीले शपथ लिए
शुक्रबार २९ साउन, २०८३
सुदूरपश्चिममा खगराज भट्ट मुख्यमन्त्री नियुक्त
शुक्रबार २९ साउन, २०८३
धवलशमशेरसँग कुरा नमिलेपछि दुर्गा प्रसाईंले छुट्टै पार्टी खोल्ने
शुक्रबार २९ साउन, २०८३
पत्रकार किशोर श्रेष्ठलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति
बिहिबार २८ साउन, २०८३
विराटनगरका ७ आँखा अस्पतालमा मोरङ प्रशासनको तालाबन्दी 
बिहिबार २८ साउन, २०८३
बुढीगङ्गामा सप्ताहव्यापी अन्तर्राष्ट्रिय युवा दिवस, युवा संवाददेखि रक्तदानसम्मका कार्यक्रम
बिहिबार २८ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०