विराटनगर । भारतमा डुंगा पल्टिँदा १० जनाको मृत्यु भएको छ ।
उत्तर भारतको उत्तर प्रदेश राज्यस्थित यमुना नदीमा श्रद्धालुहरूको एउटा समूह सवार डुंगा पल्टिँदा १० जनाको मृत्यु भएको प्रहरी अधिकारीले बताएका छन्।
नदीबाट २२ जनाको जीवितै उद्धार गरी उपचारका लागि अस्पताल लगिएको छ।