स्थानीय गुनासो गर्न थालेपछि दुहबी नगरपालिकाद्वारा उद्योगहरूमा अनुगमन

प्रवेश तिम्सिना
आईतबार २२ चैत, २०८२
५ महिनाअघि

दुहबी । दुहबी नगरपालिकाले सुनसरी-मोरङ औद्योगिक करिडोरअन्तर्गतका उद्योगहरूमा अनुगमन गरेको छ । नगरकी उपप्रमुख मेनुका पोखरेल खतिवडा संयोकत्वको टोलीले आइतबार दुहबीभित्रका नौ वटा उद्योगहरूको अनुगमन गरेको हो ।

नगरभित्र पर्ने ट्यांग्रा खोलाको पानी दूषित भएको भनेर स्थानीयको गुनासो आएपछि अनुगमन समितिकी संयोजक पोखरेल नेतृत्वको टोलीले अनुगमन गरेको दुहबी नगरपालिकाको वातारवरण शाखा विमल नारायण चौधरीले जानकारी दिए ।

उनका अनुसार दुहबी-८ मा पर्ने स्वदेशी साबुन प्रा.लि., एशियन थाई फुड प्रा.लि, पशुपति सिनप्याक इन्डस्ट्रिज र न्युट्री फुड्स इन्डस्ट्रिज अनुगमन भएको थियो । यस्तै दुहबी-२ शुभलक्ष्मी फूड प्रडक्सन, एसटी कार्पेट र मैनावत्ति स्टिल्स, एसियन बिस्कुट एन्ड कन्फिक्नेरीको अनुगमन भएको थियो भने दुहबी-३ मा जितेन्द्र चामल उद्योगमा अनुगमन भएको थियो ।

नौमध्ये न्युट्री फुड्स इन्डस्ट्रिजबाहेक अन्य आठ वटा उद्योगले फालेको पानीको नमुना संकलन गरी परीक्षणका लागि मोरङ ब्यापार संघभित्र नेपाल वातावरणीय परीक्षण सेवामा पठाएको उनको भनाइ छ ।

अनुगमनपछि बोल्दै उपमेयर पोखरेलले आफ्नै संयोजकत्वमा अनि स्थानीय, जनप्रतिनिधि र सञ्चारकर्मीको रहोबरमा स्याम्पल कलेक्सन भएको जानकारी दिइन् । स्थानीयको गुनासोलाई सम्बोधन गर्नेक्रममा उद्योगहरूलाई पत्राचार गरेपनि उनीहरूलाई थाहा नदिई अनुगमन गरिएको बताउँदै उनले व्यवस्थित र अनुशासित तबरले उद्योग चलाउन प्रेरित गरी यस्तो कदम चालिएको बताइन् ।

परीक्षणको रिपोर्टमा दूषित पानी सीधा खोलामा फालेको पाइएमा कारबाही गर्ने वा सचेत गराउने अनुगमनको उद्देश्य रहेको उनको भनाइ छ । अनुगमनमा उपप्रमुख पोखरेलका अलाबा सम्बन्धित वडाध्यक्षहरू, स्थानीय र सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो ।

प्रकाशित समय: आईतबार २२ चैत, २०८२, २१:०३:२२
विश्व स्वास्थ्य सङ्गठनले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितका लागि औषधि र स्वास्थ्य उपकरण पठाउने
बुधबार १० भदौ, २०८३
भदौ २३ र २४ मा पुनः आन्दोलन हुने हल्ला भ्रामक : रक्षा बम
मङ्गलबार ९ भदौ, २०८३
प्रतिनिधिसभाको बैठक स्थगित, अर्को बैठक बुधबार बस्ने
मङ्गलबार ९ भदौ, २०८३
परराष्ट्रमन्त्री खनाल भदौ १४ मा सर्बिया जाने
सोमबार ८ भदौ, २०८३
कप्तान ऐरी आइसिसी वरीयताको तेस्रो स्थानमा
शुक्रबार ५ भदौ, २०८३
नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त
शुक्रबार ५ भदौ, २०८३
इरान युद्धपछि खाडी क्षेत्रमा अमेरिकी सैन्य उपस्थितिमाथि पेन्टागनको पुनर्विचार
बिहिबार ४ भदौ, २०८३
दुहबी–१२ मा ५ करोडको सडक योजना, बुगडरीदेखि बर्जु सीमासम्म  कालोपत्रे गरिने
बिहिबार ४ भदौ, २०८३
कोशीमा कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लियो
बुधबार ३ भदौ, २०८३
सांसद–मन्त्रीबीच दूरी बढेपछि रवि लामिछानेले बोलाए छलफल
बुधबार ३ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०