एन्जिला सुब्बाको दुखेसो: फोहोरी राजनीतिक खेलले अवसरबाट वञ्चित गर्यो

शब्द एक्स्प्रेस संवाददाता
शनिवार २१ चैत, २०८२
५ महिनाअघि

 काठमाडौं – नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी गोलकिपर एन्जिला तुम्बापो सुब्बा ले खेलकुद क्षेत्रमा भइरहेको राजनीतिक खिचातानीप्रति कडा असन्तुष्टि व्यक्त गर्दै यसले खेलाडीहरूको भविष्य र अवसरमाथि गम्भीर असर पारेको बताएकी छन्।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) र अखिल नेपाल फुटबल संघ (एन्फा) बीचको विवादका कारण नेपालले थाइल्यान्डमा आयोजना हुने फिफा सिरिज खेल गुमाएपछि अन्जिलाले सामाजिक सञ्जालमा आफ्नो पीडा सार्वजनिक गरेकी हुन्। उक्त सिरिज अन्तर्राष्ट्रिय स्तरमा आफ्नो क्षमता देखाउने महत्वपूर्ण अवसर थियो।
उनी लेख्छिन्, “१० वर्ष एउटा दशक हो। एउटा खेलाडीले त्यो अवधिमा घाम, पानी, चोटपटक र अनेकौँ अभाव सहँदै आफ्नो स्थान बनाउँछ। तर, आज हाम्रो मेहनतलाई केही व्यक्तिको स्वार्थ र राजनीतिक खेलले केही मिनेटमै समाप्त गरिदियो।”
अन्तर्राष्ट्रिय खेल खेल्न पाउनु खेलाडीका लागि जीवनकै ठूलो उपलब्धि भएको भन्दै अन्जिलाले भनिन्, “अफसोस मात्र व्यक्त गर्नु पर्याप्त छैन, मैदानमा नउत्रन पाउँदा खेलाडीको मन कति पटक मर्छ, त्यो हामीले मात्र महसुस गर्न सक्छौँ।”
उनले खेल क्षेत्रमा राजनीतिक हस्तक्षेपले नयाँ पुस्ताको भविष्य पनि अन्योलमा परेको उल्लेख गर्दै सम्बन्धित निकायसँग जवाफ मागेकी छन्। “आज तपाईंहरूले आफ्नो स्वार्थ पूरा गर्नुभयो होला, तर भोलिका खेलाडीलाई के जवाफ दिनुहुन्छ?” उनले प्रश्न गरेकी छन्।
अन्जिलाले खेलाडीको मेहनत र त्यागलाई राजनीतिक स्वार्थको साधन नबनाउन आग्रह गर्दै खेललाई खेलकै रूपमा विकास गर्नुपर्ने धारणा राखेकी छन्। “हामी देशका लागि खेल्न चाहन्छौँ, कसैको अहंकारका लागि होइन। खेललाई राजनीतिको अखडा नबनाइदिनुस्,” उनको अपिल छ।
यस घटनाले नेपाली खेलकुद क्षेत्रमा देखिँदै आएको संस्थागत द्वन्द्व र राजनीतिक हस्तक्षेप पुनः सतहमा ल्याएको छ। विशेषज्ञहरूका अनुसार, खेलाडीहरूको आवाजलाई गम्भीर रूपमा लिँदै सम्बन्धित निकायले पारदर्शी र जिम्मेवार निर्णय लिन आवश्यक छ, अन्यथा दीर्घकालीन नकारात्मक प्रभाव हुने निश्चित छ।

प्रकाशित समय: शनिवार २१ चैत, २०८२, १८:३२:२२
कोशीमा कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लियो
बुधबार ३ भदौ, २०८३
सांसद–मन्त्रीबीच दूरी बढेपछि रवि लामिछानेले बोलाए छलफल
बुधबार ३ भदौ, २०८३
आजदेखि देशभर म्यानपावर कम्पनी बन्द
सोमबार १ भदौ, २०८३
भारतीय स्थलसेनाध्यक्ष जनरल धीरज सेठ आज नेपाल आउँदै
आईतबार ३१ साउन, २०८३
सुदूरपश्चिममा एमालेका तीन मन्त्री र एक राज्यमन्त्रीले शपथ लिए
शुक्रबार २९ साउन, २०८३
सुदूरपश्चिममा खगराज भट्ट मुख्यमन्त्री नियुक्त
शुक्रबार २९ साउन, २०८३
धवलशमशेरसँग कुरा नमिलेपछि दुर्गा प्रसाईंले छुट्टै पार्टी खोल्ने
शुक्रबार २९ साउन, २०८३
पत्रकार किशोर श्रेष्ठलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति
बिहिबार २८ साउन, २०८३
विराटनगरका ७ आँखा अस्पतालमा मोरङ प्रशासनको तालाबन्दी 
बिहिबार २८ साउन, २०८३
बुढीगङ्गामा सप्ताहव्यापी अन्तर्राष्ट्रिय युवा दिवस, युवा संवाददेखि रक्तदानसम्मका कार्यक्रम
बिहिबार २८ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०