विराटनगर । प्रधानमन्त्री बालेन्द्र शाहले जरुरी आयोजनालाई प्राथमिकता दिने प्रतिबद्धता जनाएका छन्।
सिंहदरबारमा मंगलबार सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने सांसद्हरुसँग छलफल गर्दै उनले अत्यन्त जरुरी आयोजनालाई बजेटको सीमाभित्र रहेर प्राथमिकतामा आधारमा अघि बढाउने प्रतिबद्धता जनाएका हुन् ।
छलफलका क्रममा उनले प्रदेशमा अघि बढ्न नसकेका जरुरी योजनाका बारेमा जानकारी लिए । उनले यसअघि सोमबार कोशी र कर्णाली प्रदेशबाट निर्वाचित विभिन्न दलका सांसद्हरुसँग छलफल गरेका थिए ।